मुख्य समाचार
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने

: बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनी लायन्सले शनिबार शमीमलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।

लुम्बिनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शमीम टोलीमा आबद्ध भएको घोषणा गर्दै मैदानमा प्रदर्शनबाट जवाफ दिने समय आएको जनाएको छ ।

बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने शमीम आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । उनले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजित आईसीसी यू-१९ विश्वकपको उपाधि जित्ने बङ्गलादेशी टोलीबाट खेलेका थिए । त्यसपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी ट-–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा समेत समावेश भएका थिए । सन् २०२३ मा अफगानिस्तानविरुद्ध खेलेसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पदार्पण गरे ।

बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सबाट खेलिसकेका शमीमले सन् २०२४-२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए ।

घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका शमीमले एनपीएलमार्फत पहिलोपटक विदेशी फ्रेन्चाइज लिग खेल्ने अवसर पाउनेछन् । उनको आगमनले लुम्बिनी लायन्सको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन्। रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका ...
। दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र ...
: एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजअन्तर्गत रोमाञ्चक खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २ विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा इंग्ल्याण्डले दिएको ४३० रनको विशाल लक्ष्य श्रीलंकाले एक बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अविजित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बंगलादेशी खेलाडी हुन्। उनी टोलीका पाँचौं विदेशी खेलाडी पनि हुन्। पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन र महेदी हसन तथा श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ। पेस बलिङ अलराउन्डर सैफुद्दिनको आगमनसँगै ...
। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार कायम गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम