मुख्य समाचार
बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान
बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान

। बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले ठूलो क्षति पुर्‍याएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको छ। बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्याबियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा ठूलो क्षति भएको कार्यालयका इन्जिनियर मोहन रुवालीले बताए।

उनका अनुसार बेनीदेखि मंगला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ। नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ। यस खण्डमा मात्रै सडक पूर्वाधारमा तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।



मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदीको कटानले करिब एक सय मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ। पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ। त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब एक सय ५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्‍याएको छ।

सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सिधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ।

साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार बलौटेमा नदी कटानले करिब एक सय मिटर सडक डिलदेखि कुनासम्मै भत्किएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन छ।

उनले क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम रहेको बताए। सडक पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

उलकका अनुसार बेनी–पानाबगर खण्ड पुनर्निर्माण गर्न चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा पुनर्निर्माण गर्न दुई करोड २७ लाख ४३ हजार पाँच सय ९९ रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

बलौटेको सडक पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको र दसैँलगत्तै काम सुरु गरिने उनले बताए।

म्याग्दी क्षेत्र नम्बर १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्नुपर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए। आवश्यक बजेट व्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उनले जानकारी दिए।

कार्यालयका अनुसार अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी यातायात सञ्चालन गरिएको छ। फापरखेत पहिरोका कारण शनिबारदेखि पखेर–बरंजाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडकसमेत सञ्चालन गरिएको छ।

बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर चार सय मिटर खण्ड कालोपत्र भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुनासम्मको १८ किलोमिटर सडकमा धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्त्वपूर्ण मार्ग हो। धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो।

-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनु भएका ...
। स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीप/भ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् । दुर्घटनामा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी कमिटीहरुले सामाजिक सञ्जाल अन्तर्गतका आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी पार्टीलाई गराउनुपर्ने भएको छ । यदि सामाजिक सञ्जालको पेज वा ग्रुप नबनाएको भए पनि बनाएर जानकारी गराउनुपर्ने भएको छ । पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्य राखेको नेकपाले ...
: स्याङ्जामा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। सोही स्कुटरमा सवार उनकी छोरी भने सकुशल छिन्। बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर बिरुवा–राङ्खोला सडक खण्डबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको हो। गुरुङको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरपछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम