मुख्य समाचार
यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु
यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु

। यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यत: असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्‍याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो ।

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन् ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ ।

अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् । रासस/एपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको राजधानी पेरिस नजिकै भएको गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनालाई ‘नस्लवादी आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन् । शुक्रबार बिहान ट्राप र नजिकैको ला भेरिएर क्षेत्रमा करिब १५ मिनेटसम्म चलेको घटनामा एक व्यक्तिले कारबाट विभिन्न स्थानमा गोली प्रहार गरेका थिए ...
: रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको कूटनीतिक मध्यस्थतामा सम्पन्न भएको यो सहमति अक्टोबर २७ देखि लागू हुनेछ। दक्षिण युक्रेनको खेरसोन नजिकै पर्ने ओलेस्की सहरमा युद्धअघि करिब २४,००० जनसङ्ख्या रहेकोमा हाल १,७०० देखि २,००० ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले पुनः ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान चलाउन सक्ने बताएका छन्। यद्यपि, उनले अमेरिका र इरानबीच सम्झौताको सम्भावना अझै कायम रहेकोसमेत उल्लेख गरेका छन्। शुक्रबार फ्लोरिडामा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ जस्तै अभियान सञ्चालन गर्न सक्छौँ, वा उनीहरू ...
: जोर्डनको अल-करक प्रान्तस्थित हमुदमा रहेको एक चर्चमा अन्त्येष्टि प्रार्थना चलिरहेका बेला बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीप्रहारमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। अज्ञात समूहले गाडीमा आएर चर्चभित्र प्रवेश गरी गोली चलाएको र घटनालगत्तै फरार भएको जोर्डनी अधिकारीहरूले जनाएका छन्। हालसम्म यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको बीबीसीले उल्लेख गरेकाे ...
: फ्रान्समा गत हप्ता भएको हिंसात्मक आन्दोलनपछि आज पुनः देशभरि महँगीविरुद्ध प्रदर्शन हुने भएको छ। सम्भावित हिंसा र लुटपाट रोक्नका लागि देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै प्रहरीको विशेष टोली, २० वटा बख्तरबन्द (कवचयुक्त) गाडी र १५ वटा पानीको फोहरा (वाटर क्यानन) प्रहार गर्ने गाडीहरू पनि तैनाथ राखिएका छन्। गत शनिबार ५ लाखभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम