मुख्य समाचार
दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु
दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

। सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

उक्त दुर्घटना हुँदा प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको न्यूरो अस्पताल विराटनगरमा र २ जनाको धरान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र मनास्लु क्षेत्रको पदयात्रासम्बन्धी नयाँ सुरक्षा सूचना (ट्रेकिङ सेफ्टी एड्भाइजरी) जारी गरेको छ। मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ। टानले बुधबार जारी गरेको सूचनाअनुसार लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेका छन्। त्यस्तै, बाढीले ...
। सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ । भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेश उल्ट्याउँदै बरामद भएको रकममात्रै जफत हुने ...
। नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुन: अनुमोदन गरिएको भन्दै अब विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताए । कांग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि ...
। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले ...
। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम