मुख्य समाचार
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन्
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन्

: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को जुलाईदेखि नै एक मध्यस्थकर्तामार्फत रुसी गुप्तचर सेवासँग सम्पर्क राख्दै आएको जर्मनीका सङ्घीय अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।

आरोपीले बख्तरबन्द सवारीसाधन, गोलाबारुद र विस्फोटक पदार्थको उत्पादनसम्बन्धी जानकारी सङ्कलन गरेको आरोप लगाइएको छ । उनलाई शुक्रबार अनुसन्धानसम्बन्धी सुनुवाइका लागि न्यायाधीशसमक्ष उपस्थित गराउने तयारी गरिएको छ ।

मर्जले घटनाको पर्दाफास हुनुलाई सफलताका रूपमा व्याख्या गर्दै रुसी गुप्तचर सेवाको गतिविधि भने उच्च स्तरमै कायम रहेको बताए। आगामी महिना र वर्षमा यस्ता थप घटना सार्वजनिक हुन सक्ने उनको भनाइ छ ।

यस वर्ष जर्मनीमा रुससहित विदेशी शक्तिका लागि जासुसी गरेको आशङ्कामा विभिन्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । जर्मनीले सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता युक्रेनलाई हतियार उपलब्ध गराउने प्रमुख युरोपेली मुलुकमध्ये एकका रूपमा भूमिका खेल्दै आएको छ ।

यसैबीच, जर्मनीले बेलायतसँग रक्षा तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने प्रयास गरिरहेको छ । दुवै देशले हाइब्रिड आक्रमण र शत्रुतापूर्ण गतिविधिको सामना गर्न सहकार्य गर्ने विषयमा छलफल गरेका छन् । जर्मनीले सेप्टेम्बरमा लाइपजिगरहाले विमानस्थलमा विस्फोटक पदार्थ जडित ड्रोन पठाएको आरोपसमेत रुसमाथि लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
: दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ...
: बेलायत सरकारले साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ। यमनको हुथी समूहका तर्फबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूको प्रतिकार गर्न साउदी अरबको रक्षाका लागि बेलायतले यो कदम चालेको बीबीसीले उल्लेख गरेकाे छ। प्रधानमन्त्री एन्डी बर्नहामद्वारा स्वीकृत यो रक्षात्मक मिसनले इरान समर्थित समूहका हवाई आक्रमणहरूबाट साउदी सहरहरू र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम