मुख्य समाचार
शक्तिशाली टाइफुन चम्पी ताइवानतर्फ तीव्र गतिमा बढ्दै, जनजीवन ठप्प पार्ने चेतावनी
शक्तिशाली टाइफुन चम्पी ताइवानतर्फ तीव्र गतिमा बढ्दै, जनजीवन ठप्प पार्ने चेतावनी

: ​​​​​​ प्रशान्त महासागरमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी (टाइफुन चम्पी) ताइवान र जापानको दक्षिणी क्षेत्रतर्फ तीव्र गतिमा अघि बढेपछि ती क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

जापानको मौसम विज्ञान एजेन्सी र ताइवानका मौसमविद्हरूका अनुसार यो वर्षको ३० औँ टाइफुन ‘चम्पी’ उत्तर-पश्चिमतर्फ अघि बढिरहेको छ।अनुमानित ३२० किलोमिटर व्यास रहेको यो आँधीका कारण शुक्रबार र शनिबार ताइवान तथा जापानको ओकिनावालगायतका टापुहरूमा १९८ किलोमिटर प्रतिघण्टासम्मको तीव्र गतिमा हावाहुरी चल्ने र २५० मिलिमिटरसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। समुद्रमा १२ मिटरसम्म अग्ला शक्तिशाली लहरहरू उठ्नसक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ।

भारी वर्षाका कारण पहिरो जाने र नदीहरूमा बाढी आउने जोखिम बढेपछि ताइवानका उत्तर-पूर्वी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न थालिएको छ। यस्तै, ताइवान र जापान जोड्ने सयौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्, जसका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन्।




प्रशान्त महासागरमा ‘सुपर एल निन्यो’ को प्रभावले समुद्री तापक्रम बढेपछि शृंखलाबद्ध रूपमा यस्ता शक्तिशाली आँधीहरू उत्पन्न भइरहेको मौसमविद्हरूले बताएका छन्। ओकिनावा नजिकै हुँदै अघि बढ्ने यो टाइफुन क्युशु र कोरियाली प्रायद्वीपबीचको त्सुसिमा जलडमरूमध्य नजिक पुगेपछि कमजोर हुँदै पूर्वतर्फ मोडिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
: दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ...
: बेलायत सरकारले साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ। यमनको हुथी समूहका तर्फबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूको प्रतिकार गर्न साउदी अरबको रक्षाका लागि बेलायतले यो कदम चालेको बीबीसीले उल्लेख गरेकाे छ। प्रधानमन्त्री एन्डी बर्नहामद्वारा स्वीकृत यो रक्षात्मक मिसनले इरान समर्थित समूहका हवाई आक्रमणहरूबाट साउदी सहरहरू र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम