मुख्य समाचार
अटो दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमतीसहित २ जना घाइते
अटो दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमतीसहित २ जना घाइते

— मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको अटो दुर्घटनामा घाइते दम्पतीमध्ये एकको मृत्यु भएको छ ।

बुधबार दिउँसो बकैया–५ स्थित मदन भण्डारी लोकमार्गमा भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको बेक्र फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउापालिका–१ बस्ने ८ वर्षीय सन्देशकुमार मुक्तान घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको थियो । सामान्य उपचारपश्चात् थप उपचारका लागि घाइते दम्पतीलाई भरतपुर रिफर गरिएको थियो तर भरतपुर अस्पताल नपुग्दै बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएकाले हेटौंडा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा जाँच गर्दा डाक्टरले उनलाई मृत घोषणा गरे ।

मृत्तककी श्रीमती शान्तिमायाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते सन्देश मुक्तान सहकारी अस्पतालमा उपचार भइरहेको छ । अटो चालक बकैया –४ बस्ने ५१ वर्षीय राम काजी माझी जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क ...
: लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए। खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० ...
: काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्‍घन गर्ने ४ जना ...
। अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्। रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् । उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए । रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका ...
: जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी हुन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम