मुख्य समाचार
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैंका अवसरमा खड्ग जात्रा
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैंका अवसरमा खड्ग जात्रा

: प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैंका अवसरमा खड्ग जात्रा मनाएका छन् ।

काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतिकात्मक रूपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए ।

उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनुका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ ।

समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको स्थानीय बताउँछन् । सम्राट अशोकले कलिङको युद्धमा लाखौं मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए। खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० ...
: काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्‍घन गर्ने ४ जना ...
। अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्। रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् । उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए । रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका ...
: जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी हुन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको ...
: असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम