मुख्य समाचार
बायर्न म्युनिख र आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा
बायर्न म्युनिख र आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा

। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। आर्सनलका एबेरेची एजेले २५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बायर्नका अल्फोन्सो डेभिसले ३५औं मिनेटमा बराबरी गोल गरे।

ह्यारी केनले ६१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई खेलमा अगाडि ल्याए। तर, आर्सनलका डेक्लान राइसले ८२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको सुरुआतमै आर्सनलका बुकायो साकालाई चोटका कारण मैदान छाड्नुपरेको थियो। उनको स्थानमा आएका एजेले आर्सनलका लागि पहिलो गोल गरेका थिए।

बराबरीपछि १४औं स्थानमा रहेको बायर्नको ३ खेलमा ५ अंक भएको छ भने समान खेलमा ७ अंक जोडेको आर्सनल सातौं स्थानमा छ ।

अन्य नतिजा

गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले भिकिङलाई ३-१ ले पराजित गर्दा गालातासारेले लिललाई ४-२ ले हरायो ।

त्यस्तै क्लब ब्रुगले लेन्सलाई ३-०, इन्टर मिलानले शाख्तर डोनेट्स्कलाई १-०, रियल बेटिसले फेयनोर्डलाई १-० तथा एलएएसकेले स्पोर्टिङ सीपीलाई ३-२ गोलले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ। प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले ...
। पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले पाकिस्तानका लागि १२ एकदिवसीय र २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले २२४ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ४४१ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले ...
। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा कोमोले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। निको पाजले दोस्रो मिनेटमै गोल गर्दै कोमोलाई अघि बढाएका थिए। दोस्रो हाफमा कोमोले थप तीन गोल गर्‍यो। टासोस डुभिकासले ४९औं मिनेटमा गोल गरे भने पाजले ...
। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ।रियलको जितमा बर्नार्डो सिल्भा, आर्दा गुलर, किलियन एम्बाप्पे र यान डिओमान्डेले गोल गरे। सिल्भाले ४३औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफमा अग्रता दिलाएका थिए। गुलरले ५२औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए। एम्बाप्पेले ८३औं मिनेटमा गोल गरे भने लाइपजिगका टिडियाम ...
: बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’ पोखराले भनेको छ । ३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम