मुख्य समाचार
विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा
विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा

। पाटन दरबार संग्रहालयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ ।

विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्याएका थिए ।

नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये एक हो । सांस्कृतिक परम्परा, देवीपूजा र नृत्यको सङ्गम बनेको यस नाचले पाटन दरबार क्षेत्रलाई आज रंगीन र भक्तिमय बनाएको थियो ।

ठेचोका नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच बर्सेनि देवीको शक्तिपूजा तथा सामुदायिक एकताको प्रतीकका रूपमा मनाइन्छ । ठेचोबाट नवदुर्गा भगवानीलाई मंगलबजार पुर्याएर मानमानेश्वरीलाई फूल चढाउने परम्परा छ ।

मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणमा ठेचोबाट नवदुर्गालाई पाटन मङ्गलबजार ल्याउने प्राचीन परम्परा रहेको छ ।

‘यसरी निमन्त्रणा गरिएको नवदुर्गा श्री भवानीका देवगणद्वारा मङ्गलबजारको चौबाटोमा मानमानेश्वरी भवानीलाई भेट गरी माल्यार्पण गर्ने परम्परा छ, त्यसपछि नवदुर्गा भवानी तर्फबाट भैरव, बाराही र कालीले मानमानेश्वरी भवानीलाई फूल चढाएर विमिरो उपहार दिने प्रचलन छ’, शर्माले भने ।

समितिका सदस्य शर्माका अनुसार अष्टमातृका र नवदुर्गाबीच सासुबुहारीको जस्तो सम्बन्ध रहेको छ । पाटन दरबार संग्रहालयको ऐतिहासिक मूलचोकमा प्राचीन लयमा ठेचोका देवगणहरूले परम्परागत विधिअनुसार नवदुर्गा नाचको प्रस्तुतिसँगै यो वर्षको दसैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।

प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ ।

नाचअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए । यो विधिले केवल धार्मिक आस्था मात्र होइन, संस्कृतिको निरन्तरताको प्रतीक पनि बोकेको मानिन्छ ।

लिच्छवी राजा मानदेवका इष्टदेवी मनमानेश्वरी (पुरानो तलेजु) सँग सम्बन्धित यो नाच पाटन क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा जिवित रहँदै आएको छ । प्रत्येक वर्षको यो प्रदर्शनले नयाँ पुस्तालाई पुरानो सभ्यतासँग जोड्ने सेतुको काम गरेको बताउँछन् स्थानीय सुनिल महर्जन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाजुराको साँफे–मार्तडी सडकखण्डमा पर्ने अम्कोटको पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । वर्षौंदेखि पहिरोको जोखिम, सडक अवरुद्ध हुने समस्या र खेतीयोग्य जमिन कटानको मार खेप्दै आएका स्थानीय बासिन्दाका लागि यो बजेटले आशा जगाएको छ । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि काम सुरु ...
: वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी ...
: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा घर भएका गुप्ता नेकपा परित्याग गरी रास्वपाको सदस्यता लिएर रास्वपामा प्रवेश गरेका हुन् ।दुई दशकभन्दा लामो समयदेखि पुष्पकमल दाहाल नेतृत्वको कम्युनिष्ट पार्टीमा रहेर सक्रिय राजनीति गर्दै आएका गुप्ताले ...
। इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका छन् । साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । बुधबार दिउँसो ती कमजोरी ...
: केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले सामूहिक रूपमा बडादसैँको टीका र जमरा लगाएका छन्। उनीहरूले एकआपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा दसैँको टीका र जमरा लगाएका हुन्। विदुर नगरपालिका–६, चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा बन्दी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले हर्षोल्लासका साथ दसैँ मनाएको कारागार प्रशासनले जनाएको छ। कारागारमा ७ सय ३३ जना कैदीबन्दीहरू रहेको जेलर भेषबहादुर कुँवरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम