मुख्य समाचार
यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने
यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने

। यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् ।

१६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र समोआ छन् । समूह ‘सी’मा अष्टे«लिया, बंगलादेश, नाइजेरिया र युएई हुँदा समूह ‘डी’मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड छन् । समूह चरणमा नेपालका सबै खेल घरेलु मैदानमा तय भएको छ ।

नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेष्ट इन्डिजसँग खेल्नेछ । तीनवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । सहआयोजक रहेको नेपालमा १५ खेल हुनेछन् । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तालिका छ । त्यसबाहेक २६ खेल बंगलादेशमा हुनेछ ।

समूह चरणका खेलपछि सुपर सिक्स चरणमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहबाट ३–३ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्सका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताका सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशालामा हुनेछन् । प्रतियोगिताको फाइनल फेब्रुअरी ६ मा बंगलादेशमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ।रियलको जितमा बर्नार्डो सिल्भा, आर्दा गुलर, किलियन एम्बाप्पे र यान डिओमान्डेले गोल गरे। सिल्भाले ४३औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफमा अग्रता दिलाएका थिए। गुलरले ५२औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए। एम्बाप्पेले ८३औं मिनेटमा गोल गरे भने लाइपजिगका टिडियाम ...
: बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’ पोखराले भनेको छ । ३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० ...
: नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू 'लिस्ट ए टी-२०'को मान्यता पाएको छ। आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो। यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ। त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक ...
: नेपालमा एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा विश्वकपको छनोट प्लेअफ प्रतियोगिता सञ्चालन हुने जानकारी दिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी ८ टोलीले ...
। युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको लिग चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि जित हासिल गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस च्याम्पियनमाथि ४-२ को जित हासिल गरेको हो । पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो। ३८औं मिनेटमा डिजायर डुएले जोआओ नेभेसको पासमा गोल गर्दै टोलीलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम