मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

। अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए ।

भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रमुख डिएसपी जीसीको कमाण्डमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई लागुऔषधसहित नियन्ञणमा लिएको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइ रहेका छन् ...
: भक्तपुरको मध्यपुर थिमिमा जीवित देवी श्री कुमारी विराजमान गराइ दर्शन गर्ने परम्परालाई निरन्तरता दिइएको छ। मध्यपुर थिमिमा विगत धेरै वर्षदेखि निरन्तरता पाउन नसकेको जीवित देवी श्री कुमारी विराजमान गराउने ऐतिहासिक तथा धार्मिक परम्परालाई यस बर्षको बिजयादशमीको दिन निरन्तरता दिइएको हो। मोहनी नखः बिजयादशमीका दिन जीवित देवी श्री कुमारीलाई मध्यपुर थिमि, वडा नं.–४ स्थीत लायकू ...
: महोत्तरीकको बर्दिबास नगरपालिका–३, कालापानीमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र –०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ...
: सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ । ४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए । अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । ...
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए । ‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम