: भक्तपुरको मध्यपुर थिमिमा जीवित देवी श्री कुमारी विराजमान गराइ दर्शन गर्ने परम्परालाई निरन्तरता दिइएको छ।
मध्यपुर थिमिमा विगत धेरै वर्षदेखि निरन्तरता पाउन नसकेको जीवित देवी श्री कुमारी विराजमान गराउने ऐतिहासिक तथा धार्मिक परम्परालाई यस बर्षको बिजयादशमीको दिन निरन्तरता दिइएको हो। मोहनी नखः बिजयादशमीका दिन जीवित देवी श्री कुमारीलाई मध्यपुर थिमि, वडा नं.–४ स्थीत लायकू दरबारमा बिराजमान गराइएको हो।
कुमारीलाई लायकू दरबारमा बिराजमान गराइपपछि दर्शन र टीका थाप्न भक्तजनहरु पुगेका थिए। लायकू दरबारका मूल प्रधान श्यामकाजी श्रेष्ठले कुमारीलाई बिराजमान गराउने परम्परा मल्लकालीन समयदेखि नै चल्दै आएको बताए।
करिव ६०–६५ वर्ष अगाडि अन्तिम पटक कुमारी बिराजमान गराइएकोमा यस बर्षदेखि निरन्तरता दिइएको उनले बताए। उनले जीवित देवीको रूपमा तलेजुको दोस्रो रूप भएकोले धर्मावलम्बीहरू दर्शन गर्न आउने गरेको उल्लेख गरे।