मुख्य समाचार
भ्रष्टाचार, राजनीतिक व्यथिति हटाउन र नागरिकलाई सरकार छ भन्ने महसुस गराउन एकजुट बनौं
भ्रष्टाचार, राजनीतिक व्यथिति हटाउन र नागरिकलाई सरकार छ भन्ने महसुस गराउन एकजुट बनौं

: प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने बताए।

‘आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ।’उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’

विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिने उनले बताए। प्रधानमन्त्री बालेनले राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन सबै एकजुट हुन आवश्यक रहेको बताए। उनले भने,‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ।’ इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।’

प्रधानमन्त्री बालेनले आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाउन र सद्भाव, एकता, सम्मान र माया आपसमा साट्न आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ। आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौं।’

के लेखेका छन् स्टाटसमा ?
आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू

आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ।
यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

आज विजयादशमी मनाउँदै गर्दा

मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले
गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौं।

विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।

यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ।
अन्त्यमा, आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौं।
जय दुर्गा भवानी !

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीकको बर्दिबास नगरपालिका–३, कालापानीमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र –०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ...
: सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ । ४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए । अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । ...
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए । ‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता ...
। चाडपर्वको समयमा हुन सक्ने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले सूक्ष्म निगरानी बढाएको छ। निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गर्नुका साथै नियमित तथा आकस्मिक गस्तीलाई तीव्र पारिएको छ। निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चोरीसिकारको जोखिम रहेका र अनधिकृत व्यक्ति वा समूह प्रवेश गर्न सक्ने स्थान पहिचान गरी स्पाई क्यामेरा जडान ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा परेवा ठोक्किएको छ। स्तानबुलबाट आज बिहान काठमाडौं आएको TK726 फ्लाइट नम्बर रहेको जहाज अवतरण गर्ने क्रममा परेवा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले स्रोतले जनाएको छ। स्रोतले भन्यो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान साढे ६ बजेतिर स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा परेवा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम