मुख्य समाचार
विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा परेवा ठोक्किएको छ
विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा परेवा ठोक्किएको छ

: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा परेवा ठोक्किएको छ। स्तानबुलबाट आज बिहान काठमाडौं आएको TK726 फ्लाइट नम्बर रहेको जहाज अवतरण गर्ने क्रममा परेवा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले स्रोतले जनाएको छ।

स्रोतले भन्यो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान साढे ६ बजेतिर स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा परेवा ठोक्किएको हो। त्यहाँ परेवा मृत फेला परेको छ। सीसाका केही टुक्रासमेत भेटियो।’

विमानमा परेवा ठोक्किएपछि विमानस्थलमा उडान र अवतरण केही समय प्रभावित भएको छ। स्रोतले भन्यो, ‘सिसाका केही टुक्राहरू भेटिएपछि केही समय विमानस्थलमा अवतरण र अवतरण बन्द गरिएको थियो, अन्य कुनै क्षति भएको छैन। अहिले सुचारु भइसकेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीकको बर्दिबास नगरपालिका–३, कालापानीमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र –०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ...
: सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ । ४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए । अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । ...
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए । ‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता ...
: प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने बताए। ‘आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि ...
। चाडपर्वको समयमा हुन सक्ने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले सूक्ष्म निगरानी बढाएको छ। निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गर्नुका साथै नियमित तथा आकस्मिक गस्तीलाई तीव्र पारिएको छ। निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चोरीसिकारको जोखिम रहेका र अनधिकृत व्यक्ति वा समूह प्रवेश गर्न सक्ने स्थान पहिचान गरी स्पाई क्यामेरा जडान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम