मुख्य समाचार
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताए
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताए

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ’, उनले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री बालेनले विकृति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने बताएका छन् ।

उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् ।

विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् ।

वर्षौंदेखि छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा समेत विजयादशमीको महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले सबैलाई सद्भाव, एकता, सम्मान र माया साटासाट गरेर पर्व मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीकको बर्दिबास नगरपालिका–३, कालापानीमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र –०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ...
: सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ । ४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए । अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । ...
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए । ‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता ...
: प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने बताए। ‘आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि ...
। चाडपर्वको समयमा हुन सक्ने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले सूक्ष्म निगरानी बढाएको छ। निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गर्नुका साथै नियमित तथा आकस्मिक गस्तीलाई तीव्र पारिएको छ। निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चोरीसिकारको जोखिम रहेका र अनधिकृत व्यक्ति वा समूह प्रवेश गर्न सक्ने स्थान पहिचान गरी स्पाई क्यामेरा जडान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम