मुख्य समाचार
केन्यामा भोकै बसेर ‘येशूलाई भेट्न’ भन्दै आफ्ना अनुयायीलाई उपवास बस्न लगाएको एक धार्मिक सम्प्रदायका नेता पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर
केन्यामा भोकै बसेर ‘येशूलाई भेट्न’ भन्दै आफ्ना अनुयायीलाई उपवास बस्न लगाएको एक धार्मिक सम्प्रदायका नेता पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर

: केन्यामा भोकै बसेर ‘येशूलाई भेट्न’ भन्दै आफ्ना अनुयायीलाई उपवास बस्न लगाएको एक धार्मिक सम्प्रदायका नेता पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । मृतकमध्ये १९० जना बालबालिका रहेको अभियोजन पक्षले जनाएको छ।

बिबिसिमा उल्लेख भए अनुसार म्याकेन्जीले सन् २००३ मा ‘गुड न्युज इन्टरनेशनल मिनिस्ट्रीज’ नामक चर्च स्थापना गरेका थिए । उनले १६ वर्षसम्म चर्च सञ्चालन गर्दै केन्याभरि हजारौँ अनुयायी बनाएका थिए । उनको शिक्षामा औपचारिक शिक्षा निषेधित, आधुनिक चिकित्सा ‘दुष्ट’ र डिजिटल परिचयपत्रलाई ‘शैतानको चिन्ह’ का रूपमा व्याख्या गरिएको थियो ।

अदालतमा प्रस्तुत प्रमाणअनुसार म्याकेन्जीले आफ्ना अनुयायीलाई भोकै बसेर मृत्यु भएपछि येशूलाई भेट्न सकिने विश्वास दिलाएका थिए। उपवास बस्न अस्वीकार गर्नेहरूलाई समेत बल प्रयोग गरेर उपवास बस्न बाध्य पारिएको आरोप छ । उनकी शिक्षाका कारण बालबालिकासमेत भोकमरीको सिकार भएको र कतिपयको अन्य कारणले मृत्यु भएको अभियोजन पक्षको दाबी छ ।

न्यायाधीश डायना मोचाचेले आठ घण्टा लामो फैसला सुनाउँदै अनुयायीहरूले म्याकेन्जीलाई ‘येशूको मुखपत्र’ का रूपमा विश्वास गर्ने गरेको बताइन् । सम्प्रदायका अन्य २९ जना नेतासमेत हत्याको अभियोगमा दोषी ठहर भएका छन्। उनीहरूले भने आफूहरू निर्दोष रहेको दाबी गर्दै आएका थिए ।

केन्याको तटीय क्षेत्रनजिकै रहेको शाकाहोला जंगलमा ४०० भन्दा बढी शव उथले चिहानमा फेला परेका थिए। सन् २०२३ मा स्थानीय गोठालाहरूले पहिलो अवशेष फेला पारेपछि घटनाको भयावह पक्ष सार्वजनिक भएको थियो। मृतकमध्ये धेरैजसोको पहिचान अझै खुल्न सकेको छैन ।

म्याकेन्जीका पूर्व अनुयायी स्टीफन म्वितीले आफ्ना छ जना छोराछोरी गुमाएको बताएका छन्। उनले छोराछोरीको मृत्युले आफू गहिरो पीडामा परेको बताउँदै म्याकेन्जीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले आफ्ना छोरा शमूएलको अवशेष मात्रै फेला पारेर अन्त्येष्टि गर्न सकेको बताए ।

त्यस्तै, पिटर शुक्रानीले जंगलमा बस्दा बिरामी भएपछि औषधि प्रयोग गर्न नपाएको र उपचारबाट वञ्चित हुँदा आफ्नो अवस्था गम्भीर बनेको बताएका छन् । सन् २०२३ को मार्चमा उद्धार गरिएका उनी भन्छन्, जंगलबाट उद्धार नगरिएको भए आफ्नो पनि मृत्यु हुन सक्थ्यो। यद्यपि, उनले अझै पनि म्याकेन्जीलाई असल व्यक्ति र आफ्नो पादरी मान्ने गरेको बताएका छन् ।

म्याकेन्जीका छोरा डान पल म्याकेन्जीले भने आफ्ना बुबा सम्प्रदायका नेता भएकाले सामूहिक हत्याको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

म्याकेन्जी र उनका अनुयायीहरूले आतंकवाद, कट्टरपन्थीकरण तथा बालबालिकालाई शिक्षाबाट वञ्चित गरेको लगायतका अन्य मुद्दासमेत सामना गरिरहेका छन् । हत्याको अभियोगमा आएको यो फैसला घटनाको न्यायिक प्रक्रियामा महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको लिमोज सहरस्थित १९औँ शताब्दीमा निर्मित ऐतिहासिक सिटी हलमा आगजनी गर्ने एक जना पक्राउ परेका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पक्राउ परेका व्यक्ति वामपन्थी अतिवादी आन्दोलनसँग सम्बन्धित रहेको आशंका गरिएको छ। शनिबार आन्दोलनका क्रममा भएको आगलागीमा सिटी हलको घडी टावर र छानाका केही भागमा भीषण क्षति पुगेको थियो। आगोका कारण भवनको माथिल्लो संरचना जलेर भत्किएको थियो। फ्रान्स ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा प्रवेश दिनु गल्ती भएको भन्दै ...
: फ्रान्समा विगत केही दिनदेखि भएका दंगा र लुटपाटपछि पेरिसका केही भागहरूसहित धेरै शहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। पेरिस प्रहरीका अनुसार विगत केही दिनदेखि प्रदर्शनकारीहरू भेला भएका प्लेस डे ला रिपब्लिक र एल'अल्युड किनमेल क्षेत्रहरूमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ। शहरको केन्द्रका अन्य धेरै भागहरूमा पनि अनधिकृत भेलाहरूमा प्रतिबन्ध ...
। अमेरिकी प्रशासनले युक्रेनमाथि गुप्तचर साझेदारी (इन्टेलिजेन्स सेयरिङ) र हतियार आपूर्तिमा गुप्त रूपमा प्रतिबन्धहरू लगाएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी सेनेटरहरूको दुवै दलका (बाइपार्टिजन) प्रतिनिधिहरूसँग आपतकालीन भर्चुअल बैठक गरेका छन्। रुससँगको युद्ध अन्त्य गर्न थप सहुलियत दिन बाध्य पार्ने उद्देश्यले वासिङ्टनले यस्तो अघोषित दबाब सिर्जना गरेको युक्रेनी अधिकारीहरूको ठहर छ। जेलेन्स्कीले सेनेटरहरूसँग राखेका मुख्य ...
। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर भएका हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको स्वीकार गरेका छन् । तर उनले गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा भने अस्वीकार गरेका छन् । राष्ट्रपति म्याक्रोंले सुरक्षा योजना निर्माण र गुप्तचर सूचना संकलनमा भएका त्रुटिको पारदर्शी छानबिन गर्न निर्देशन दिएका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार राष्ट्रपति म्याक्रोंले गृहमन्त्रीको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम