मुख्य समाचार
हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने
हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने

। विश्वकै सर्वाधिक धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन् । मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन् ।

हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १ सय ४६ डलर छ । अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका छन् । यस्तोमा बाँडिने कुल सेयरको मूल्य १० अर्ब ५२ कराेड बराबर हुनेछ ।

यद्यपि, करोडौं बालबालिकासम्म यो सेयर कसरी पुर्‍याइन्छ भन्ने प्रक्रियाबारे मस्क वा उनको कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

को-को हुनेछन् योग्य ?

मस्कले आफ्नो पोस्टमा ‘अमेरिकाका हरेक बालबालिका’ भनेका छन्, तर यसमा धेरै कुराहरू स्पष्ट छैनन् । जस्तो कि, अमेरिकी नागरिकता भएका बालबालिकाले मात्र सेयर पाउने हुन् वा अमेरिकामा बसिरहेका अन्य बालबालिकालाई पनि दिइने हो भन्ने स्पष्ट छैन ।

त्यस्तै मस्कले उमेरको कुनै सीमा तोकेका छैनन् । के नवजात शिशुहरूले पनि सेयर पाउनेछन् ? यसको जवाफ स्पष्ट छैन ।

अभिभावकले बच्चाका लागि कुन-कुन कागजात बुझाउनुपर्ने हो वा कुनै फारम भर्नुपर्ने हो भन्नेबारे पनि खुलाइएको छैन ।

बालबालिकाको हातमा सेयर कसरी पुग्छ भन्ने अर्को ठूलो प्रश्न छ । सेयर सिधै बच्चाको नाममा हुनेछ वा उनीहरू वयस्क नहुँदासम्म अभिभावकको खातामा रहनेछ ? कम्पनीले बालबालिका वा उनीहरूका अभिभावकले चाहेका बेला सेयर बेच्न वा अरूको नाममा हस्तान्तरण गर्न पाउने/नपाउने विषय पनि खुलाएको छैन ।

स्पेसएक्समा मस्कको ६ अर्ब ४२ कराेडकाे सेयर

३० जुन २०२६ सम्मको एक नियामक फाइलिङ अनुसार स्पेसएक्समा मस्कको कुल हिस्सेदारी ४८.४ प्रतिशत छ । रिपोर्ट तयार पार्दाको समयमा यस स्वामित्वकाे कुल मूल्य करिब ८ खर्ब ६० अर्ब डलर थियो।

मस्कले आफ्नो पोस्टमा यो धेरै योजनाहरूमध्येको पहिलो योजना मात्र भएको बताएका छन् । यसबाट उनले आगामी दिनमा अन्य ठूला घोषणाहरू गर्न सक्ने सङ्केत मिलेको छ ।

नाबालिगहरूले कसरी पाउँछन् सेयर ?

अमेरिकामा १८ वर्षभन्दा कम उमेरका बालबालिकाका नाममा सेयर राख्न ‘कस्टोडियल एकाउन्ट’ खोलिन्छ । यसमा बच्चा बालिग नहुँदासम्म खाताको सम्पूर्ण जिम्मेवारी आमाबाबु वा अभिभावकसँग हुन्छ ।

अमेरिकामा ३ नोभेम्बर २०२६ मा मध्यावधि निर्वाचन हुँदैछ । यसमा रिपब्लिकन पार्टीलाई मद्दत गर्न मस्कले करिब ३६ करोड ६० लाख डलर खर्च गरिसकेका छन् ।

यस्तोमा उनको यो ठूलो घोषणाको राजनीतिक असरबारे पनि चर्चा भइरहेको छ । तर, मस्कले चुनावमा फाइदा लिनकै लागिमात्र यो घोषणा गरेको भन्ने कुनै ठोस प्रमाण छैन ।

यसैबीच स्पेसएक्सकी प्रेसिडेन्ट ग्वेन सटवेल र उनका श्रीमान्‌ले पनि २० लाखभन्दा बढी बालबालिकाको खातामा स्पेसएक्सको सेयर दिने वाचा गरेका छन् ।

ट्रम्प सरकारले पनि बालबालिकालाई रकम दिने

ट्रम्प सरकारले पनि बालबालिकाका लागि ‘ट्रम्प एकाउन्ट्स’ नामक खाता सुरु गरेको छ । यसअन्तर्गत तोकिएका नियम पूरा गर्ने बालबालिकाको खातामा सरकारले एकमुस्ट १ हजार डलर जम्मा गर्ने छ ।

यो योजनाको लाभ १ जनवरी २०२५ देखि ३१ डिसेम्बर २०२८ को बीचमा जन्मिएका बालबालिकाले पाउनेछन् ।

सन् २००२ मा र मस्कले स्पेसएक्स कम्पनी स्थापना गरेका थिए । ३१ मे २०२० मा कम्पनीले विश्वकै पहिलो निजी मानव मिसन प्रक्षेपण गरेको थियो, जसमा दुई अन्तरिक्ष यात्री रोबर्ट बेहन्केन र डग्लस हर्ले अन्तरिक्षमा गएका थिए।

मस्कको कम्पनीले पुनः प्रयोग गर्न मिल्ने रियुजेबल रकेट प्रविधि विकास गरेर स्याटेलाइट प्रक्षेपण र अन्य अन्तरिक्ष मिसनहरूलाई सस्तो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर भएका हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको स्वीकार गरेका छन् । तर उनले गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा भने अस्वीकार गरेका छन् । राष्ट्रपति म्याक्रोंले सुरक्षा योजना निर्माण र गुप्तचर सूचना संकलनमा भएका त्रुटिको पारदर्शी छानबिन गर्न निर्देशन दिएका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार राष्ट्रपति म्याक्रोंले गृहमन्त्रीको ...
। युरोपका ६ देशमा बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा प्रदर्शन तीव्र बनेको छ। फ्रान्समा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गरेका छन् भने कैयौँ सरकारी भवनहरूमा आगजनी गरेका छन्। इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन्। ग्रिसमा विद्यार्थीहरूले होस्टेलको अभाव र बढ्दो भाडाको विरोधमा संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। बेल्जियम र अल्बानियामा पनि प्रदर्शनका ...
। आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् । अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना हो। अधिकांश जनमत सर्वेक्षणहरूमा नेतान्याहुको ...
। इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ । अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् । बमको ...
। न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम गराएको छ। पार्टीको मध्यमार्गी (इस्टाब्लिस्मन्ट) र प्रगतिशील प्रोग्रेसिव) दुवै धारका शीर्ष नेताहरू डेमोक्रेटिक हाउस लिडर (संसदीय दलका नेता) हाकिम जेफ्रीज र न्युयोर्कका मेयर जोहरान मामदानी यस मुद्दामा हात मिलाउन आइपुगेका छन्। यो अनपेक्षित सहकार्यले ट्रम्प प्रशासनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम