। इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।
बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ ।
अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् ।
बमको धम्कीपछि जहाजका पाइलटले सोफियामा आकस्मिक अवतरण गराउने निर्णय गरेको समाचार एजेन्सी तासले जनाएको छ ।
जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । विशेषज्ञहरूले जहाजको प्राविधिक जाँच गरिरहेका छन् ।