मुख्य समाचार
आप्रवासन अधिकारीको गोलीकाण्डपछि डेमोक्रेटिक पार्टीभित्र चाखलाग्दो एकता
आप्रवासन अधिकारीको गोलीकाण्डपछि डेमोक्रेटिक पार्टीभित्र चाखलाग्दो एकता

। न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम गराएको छ।

पार्टीको मध्यमार्गी (इस्टाब्लिस्मन्ट) र प्रगतिशील प्रोग्रेसिव) दुवै धारका शीर्ष नेताहरू डेमोक्रेटिक हाउस लिडर (संसदीय दलका नेता) हाकिम जेफ्रीज र न्युयोर्कका मेयर जोहरान मामदानी यस मुद्दामा हात मिलाउन आइपुगेका छन्।

यो अनपेक्षित सहकार्यले ट्रम्प प्रशासनको समयका आप्रवासनसम्बन्धी कडा नीतिहरूको विरोध गर्ने मामिलामा डेमोक्रेटिक पार्टीभित्र कति बलियो सहमति छ भन्ने प्रष्ट पारेको छ।

क्वीन्स डेमोक्रेटिक पार्टीका प्रमुख तथा जेफ्रीजका निकटका सहयोगी प्रतिनिधि ग्रेगरी मीक्सले भने, ‘डेमोक्रेटिकहरू आईसीईको विषयमा स्पष्ट रूपमा एकजुट छन्। मेयरले पनि स्थानीय मुद्दाहरूमा मसँग सहकार्य गर्नुभएको छ र लिडर जेफ्रीजले पनि न्युयोर्कको काङ्ग्रेसनल डेलिगेसनसँग काम गर्ने इच्छा देखाउनुभएको छ।’



पार्किङ र ग्यारेज मालिकहरूलाई खुला पत्र

यसै सन्दर्भमा, मेयर मामदानीले गत अक्टोबर १६ को मितिमा न्युयोर्क सिटीका १०० भन्दा बढी निर्वाचित डेमोक्रेटिक अधिकारीहरूको हस्ताक्षरसहितको एक पत्र सार्वजनिक गरेका छन् । जसमा नगरका सम्पूर्ण काङ्ग्रेसनल डेलिगेसनका सदस्यहरू समेत सामेल छन्।

उक्त पत्रमा पार्किङ लट र ग्यारेज मालिकहरूलाई सम्बोधन गर्दै आग्रह गरिएको छ, ‘आप्रवासी न्युयोर्कवासीहरूसँगको ऐक्यबद्धतामा र हाम्रो प्रिय सहरप्रतिको साझा प्रतिबद्धताका रूपमा, हामी अनुरोध गर्दछौं कि तपाईंहरूले आफ्नो सम्पत्तिलाई आईसीईको प्रवर्तन कारबाहीका लागि स्टेजिङ एरियाका रूपमा भाडामा नदिनुहोस्, ऋणमा नदिनुहोस् वा उपलब्ध नगराउनुहोस्।’

नेताहरूले अक्टोबरको सुरुमा न्युयोर्कको मार्बल हिल क्षेत्रमा २८ वर्षीय ओस्कर बेल्गाल माथि भएको गोलीकाण्ड एकमात्र घटना नभएको बताएका छन् । यसले क्वीन्स र म्यानहट्टनमा भएका पुराना घटनाहरूको स्मरण गराएको उल्लेख गरेका छन्।

आन्तरिक मतभेदलाई पन्छाउँदै साझा मोर्चा

जेफ्रीज र मामदानी राष्ट्रिय राजनीतिमा आ-आफ्नो वैचारिक समूहका प्रमुख अनुहार हुन्।

यसअघि गत वर्षको चुनावमा मामदानीलाई समर्थन गर्न ढिलाइ गरेको कारण जेफ्रीजले वामपन्थीहरूको आलोचना ब्याहोर्नु परेको थियो । यस स्प्रिंगको प्राथमिक चुनावमा पनि उनीहरूबिच राजनीतिक प्रतिस्पर्धा देखिएको थियो। यद्यपि, केही दिनअघि ब्रुकलिनमा भएको एक हाउजिङ प्रोजेक्टको उद्घाटन कार्यक्रममा उनीहरू सँगै देखिएका थिए।

यो पत्रमा हस्ताक्षर गर्नेहरूमा सिनेटका अल्पसङ्ख्यक नेता चक शूमर र सेनेटर किर्स्टन गिलब्रान्डसमेत रहेका छन्। मामदानीसँग प्रतिस्पर्धा गरेका डेमोक्रेटिक प्रतिनिधिहरूले समेत यसमा ऐक्यबद्धता जनाएका छन्।

डोनाल्ड ट्रम्पको प्रशासनकालीन आप्रवासन नीतिहरूविरुद्ध उभिन यो मुद्दा न्युयोर्कका डेमोक्र्याटहरूका लागि वैचारिक भिन्नता बिर्सिएर एकै ठाउँमा उभिने कडी बनेको छ।

– एक्सियोसबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर भएका हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको स्वीकार गरेका छन् । तर उनले गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा भने अस्वीकार गरेका छन् । राष्ट्रपति म्याक्रोंले सुरक्षा योजना निर्माण र गुप्तचर सूचना संकलनमा भएका त्रुटिको पारदर्शी छानबिन गर्न निर्देशन दिएका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार राष्ट्रपति म्याक्रोंले गृहमन्त्रीको ...
। विश्वकै सर्वाधिक धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन् । मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन् । हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १ सय ४६ डलर छ । अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका ...
। युरोपका ६ देशमा बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा प्रदर्शन तीव्र बनेको छ। फ्रान्समा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गरेका छन् भने कैयौँ सरकारी भवनहरूमा आगजनी गरेका छन्। इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन्। ग्रिसमा विद्यार्थीहरूले होस्टेलको अभाव र बढ्दो भाडाको विरोधमा संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। बेल्जियम र अल्बानियामा पनि प्रदर्शनका ...
। आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् । अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना हो। अधिकांश जनमत सर्वेक्षणहरूमा नेतान्याहुको ...
। इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ । अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् । बमको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम