मुख्य समाचार
प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना
प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना

। प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो ।

‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

‘७१औँ प्रहरी दिवस २०८३’ को अवसरमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल प्रहरी सेवामा २०५८ साल असार १ गते प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारीहरूको ११३औँ समूहले सामूहिक भावना, सेवाभाव र भ्रातृत्वलाई थप मजबुत बनाउने उद्देश्यसहित अक्षयकोष स्थापना गरेको जनाएको छ ।

नेपाल प्रहरी सेवाका विभिन्न पदमा कार्यरत रहेका तथा विविध कारणले सेवा निवृत्त भएका प्रहरी सहायक निरीक्षकहरू आबद्ध उक्त समूहले नेपाल प्रहरी स्मारक गुठी विधान, २०५१ बमोजिम सञ्चालन हुने गरी अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषको मुख्य उद्देश्य प्रहरी कार्यालय सहयोगी पदमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिमध्ये एक जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षा हासिल गर्न सहजता प्रदान गर्नु रहेको छ ।

आर्थिक अभावका कारण शिक्षामा कठिनाइ भोग्नुपर्ने अवस्थालाई कम गर्दै विद्यार्थीको शैक्षिक भविष्यमा सहयोग पुर्‍याउने लक्ष्यका साथ कोष स्थापना गरिएको हो ।

समूहले स्थापना गरेको यस अक्षयकोषले प्रहरी कर्मचारीका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउनुका साथै प्रहरी संगठनभित्र आपसी एकता, सहकार्य, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका पठानको ...
। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा तीन ...
। प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ज्यान ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर ...
। चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो । मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम