मुख्य समाचार
प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त
प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त

। प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।ु

विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाको आश्वासन दिएका छन्।

प्रधानमन्त्रीले दसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गरेका छन्। परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएको उनको भनाइ छ।



उनले दसैँको सन्देशलाई सत्यको विजयसँग जोड्दै समाजमा रहेका खराब प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्। ‘सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ’, उनले भनेका छन्।

प्रधानमन्त्रीले रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य नेपालीको पीडालाई पनि दसैँको सन्दर्भमा स्मरण गरेका छन्। चाडपर्वमा परिवारसँग भेट्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ। उनले भनेका छन्, ‘आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ।’

आर्थिक सम्पन्नताले चाडपर्वको रौनक बढाउने उल्लेख गर्दै उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई आग्रह गर्दै दसैँले देशमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका पठानको ...
। प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी ...
। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा तीन ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर ...
। चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो । मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम