मुख्य समाचार
दसैं मानवीय मूल्य र सदाचारको विजयको उत्सव हो : उपराष्ट्रपति यादव
दसैं मानवीय मूल्य र सदाचारको विजयको उत्सव हो : उपराष्ट्रपति यादव

। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।

विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारको आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएका छन्। ‘विजयादशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ’, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्।

विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै उनले लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्यजस्ता दुर्गुण त्यागेर सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दसैँले प्रेरणा दिने बताएका छन्।

व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न विजयादशमीको विशेष महत्व रहेको उनको भनाइ छ।



दसैँ पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कारणले परिवार र समुदायबाट टाढा रहेका व्यक्ति यस अवसरमा आफ्ना प्रियजनसँग भेटघाट गरी सम्बन्ध नवीकरण गर्ने गरेको बताएका छन्। ‘ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्राप्त हुन्छ’, उनले भनेका छन्, ‘यस अर्थमा विजयादशमी धार्मिक संस्कारमा मात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको छ।’

परम्परागत संस्कार, लोककला, लोकसङ्गीत, सांस्कृतिक अभ्यास तथा सामुदायिक क्रियाकलापले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै उनले यस्ता सांस्कृतिक आयामको संरक्षण र प्रवर्द्धनमा विजयादशमीजस्ता पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ बढी आवश्यक भएको उल्लेख गर्दै उपराष्ट्रपतिले विभाजन र वैमनस्यभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजयादशमीले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

उनले विजयादशमी २०८३ ले प्रत्येक नेपाली नागरिकको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका पठानको ...
। प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी ...
। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा तीन ...
। प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ज्यान ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्। त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम