मुख्य समाचार
एनपीएलमा एउटा टोलीले ८ विदेशी खेलाडी राख्न पाउने
एनपीएलमा एउटा टोलीले ८ विदेशी खेलाडी राख्न पाउने

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ८ जनासम्म विदेशी खेलाडी खेल्न पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार एनपीएललाई स्वीकृति प्रदान गरेपछि नेपालको प्रमुख क्रिकेट प्रतियोगितामा खेल्ने विदेशी खेलाडीको दायरा बढेको हो ।

यसअघिको दुई संस्करणमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा ४ र बढीमा ६ विदेशी खेलाडी टिममा राखेर खेलाउँदै आएका थिए । त्यसमा बढीमा ४ खेलाडीले प्लेयिङ ११ मा खेल्न पाउँथे । तर एनपीएललाई आईसीसीको मान्यतापछि अब एउटा फ्रेन्चाइज टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउने छन्, त्यसमा एक एसोसिएट राष्ट्रको हुनु पर्ने अनिवार्य रहेको छ । प्लेयिङमा भने ४ विदेशी खेलाडीले नै खेल्ने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका खेलाडीले भने सम्बन्धित देशको बोर्डको स्वीकृति लिनु पर्ने भएको खड्काले जानकारी गराए । आईसीसीको मान्यता नदिएको वा सम्बन्धित देशको घरेलु बोर्डले अनुमोदन नगरेको प्रतियोगिता खेलेका खेलाडीले एनपीएल खेल्न पाउने छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा एनपीएललाई आईसीसीको मान्यता प्राप्त दिएअनुरुप आईसीसीका पाँच बुँदे सर्तलाई पालना गर्नु पर्नेछ । सो अनुरुप प्रतियोगिता सकिएको ६० दिनभित्र समीक्षा गरी त्यसको रिपोर्ट आईसीसीलाई बुझाउनु पर्नेछ ।

साथै एन्टी करपसन युनिट (एसीयु) को आचरण उल्लंघन गर्दै फिक्सिङ, स्पट फिक्सिङ लगायतमा पाइएमा त्यसमा नेपालको प्रचलित भ्रष्टाचारविरोधी कानुनका साथै आईसीसी अन्तर्गतको अन्तर्राष्ट्रिय कानुन पनि आकर्षित हुने सचिव खड्काले जनाए । एउटा टोलीमा घरेलु टिमका ७ खेलाडील प्लेयिङमा रहेर खेल्ने छन् । एनपीएलको तेस्रो संस्करण कार्तिक ९ गतेबाट सुरु हुँदैछ । त्यसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसीको मान्यता पनि एनपीएलले टी–२० को आधिकारि मान्यता पाउन अझ पर्खनु पर्ने भएको छ । त्यो मान्यता पनि पाउने विश्वास व्यक्त गर्दै खड्काले यसबारे सोमबारसम्म आधिकारिक निर्णय सार्वजनिक हुने बताए । एनपीएलमा कमेन्ट्रीका लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी ल्याउने तयारी भइरहेको जनाए ।

पारसले आईसीसीका अध्यक्ष जय साहले पनि एनपीएललाई मान्यता प्रदान गर्न ठुलो भूमिका खेलेको जनाए । आईसीसी एसिया कन्फ्रेन्स आगामी मंसिर १ देखि ३ सम्म नेपालमा आयोजना हुँदैछ र त्यसमा आईसीसी तथा भारतीय क्रिकेट बोर्डका अध्यक्ष साहसहितको टोली काठमाडौं आउने छन् र एनपीएलका खेलहरु पनि हेर्ने छन् । पारसले यसलाई नेपाललाई आतिथ्यता प्रदान गर्ने अवसरको रुपमा लिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ। शनिबार टीयु क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने बताएका छन्। एनपीएलमा आईसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने ...
: आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो। महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने हुन्छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ। आइसीसी र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ (२०८३ मंसिर ३ देखि ५) सम्म सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय ...
— नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय ...
। आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो । नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए । लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने ...