मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल)लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने
नेपाल प्रिमियर लिग (एनपीएल)लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने

: नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ।

शनिबार टीयु क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने बताएका छन्। एनपीएलमा आईसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने उनले बताए।। सचिव खड्काले स्पट फिक्सिङ, म्याच फिक्सिङ तथा अन्य नियम उल्लङ्घनका विषयमा आईसीसीको अन्तर्राष्ट्रिय कानुन तथा नियमअनुसार नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको जानकारी दिए।

एनपीएलमा प्रत्येक टोलीमा कम्तीमा ७ जना नेपाली खेलाडी अनिवार्य हुनुपर्ने र अधिकतम ८ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको क्यानले जनाएको छ।

क्यान सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया कन्फरेन्स आयोजना हुने जानकारीसमेत दिए। उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रतिनिधिहरू सहभागी भई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको विकासबारे छलफल हुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ८ जनासम्म विदेशी खेलाडी खेल्न पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार एनपीएललाई स्वीकृति प्रदान गरेपछि नेपालको प्रमुख क्रिकेट प्रतियोगितामा खेल्ने विदेशी खेलाडीको दायरा बढेको हो । यसअघिको दुई संस्करणमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा ४ र बढीमा ६ विदेशी खेलाडी टिममा राखेर खेलाउँदै आएका थिए ...
: आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो। महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने हुन्छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ। आइसीसी र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ (२०८३ मंसिर ३ देखि ५) सम्म सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय ...
— नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय ...
। आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो । नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए । लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने ...