मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन्
पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन्

: पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्यूरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

साइबर ब्युरोमा दुवै जनाबिच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। ‘दुवै जनालाई छलफलका लागि बोलाएका थियौँ। सौहार्दपूर्ण वातावरणमा उहाँहरूबिच छलफल भयो। त्यसपछि यहाँबाट जानुभएको छ,' अवस्थीले भने।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारितामा नयाँ नजिर स्थापित भएको बताए। साइबर ब्युरोमा भएको छलफलमा हिमेश पन्त जनआस्थाको समाचारको विषयमा प्रेस काउन्सिल जाने र वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोबाट घर पठाएको उनले उल्लेख गरेका छन्।

श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तले अर्काको जग्गा कब्जा गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो। सो समाचारप्रति आपत्ति जनाउँदै पन्तले साइबर ब्यूरोमा दिएको निवेदनका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खु, बागडोलस्थित उनकै घरबाट नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटमा भोटेकोशी बाढी प्रभावित ३ सय ५० महिलालाई पोषण तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। सामुदायिक विकास केन्द्र (सीडीसी) नेपाल र नेपाल सहायता फाउन्डेसनले प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न पोषणयुक्त सामग्री र न्यायो कपडा वितरण गरेको हो। यस्तै, १ सय ५० बालबालिकाहरुलाई पनि न्यायो कपडा र खेलौना वितरण गरिएको सीडीसी नेपालकी अध्यक्ष ...
: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने। त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक ...
: नेपाली सेनाले बडादसैँको फूलपातिका अवसरमा सैनिक मञ्च टुँडीखेलमा ‘फूलपाती बढाइँ’ सम्पन्न गरेको छ। सेनाले शनिबार विशेष हर्ष बढाइँ समारोह आयोजना गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाति बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका ...
: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको बताएका छन्। शनिबार शपथ ग्रहण पछि सभापति थापाले विगतमा विभिन्न संघर्ष गर्दै,लड्दै र जुझ्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले पद प्राप्त गर्नुलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पारे। ‘पदहरू भनेको काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्। यो पदको ...
: प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ। काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दशैँघरमा भित्र्याइएको हो। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि वर्षेनि बडादसैँको सातौँ दिन ...