मुख्य समाचार
ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने सम्बन्धी कानुनलाई हालका लागि रोकिदिएका छन्
ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने सम्बन्धी कानुनलाई हालका लागि रोकिदिएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने सम्बन्धी कानुनलाई हालका लागि रोकिदिएका छन्। ट्रम्पले शुक्रबार यस निर्णयसँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्दै यो कदम अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन्।

यस कानुन अनुसार रुसबाट तेल र ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार शुल्क (कर) लगाउन सकिने व्यवस्था थियो। ती मुलुकहरूमा चीन, भारत, स्लोभाकिया, हंगेरी र अजरबैजान समावेश थिए।

प्रतिबन्धसँग सम्बन्धित कानुनको मुख्य उद्देश्य रुसको आम्दानीका स्रोतहरू बन्द गर्नु थियो, ताकि युक्रेनविरुद्ध जारी युद्धका लागि उसलाई आर्थिक स्रोत जुटाउन कठिन होस्। तर, ट्रम्पले गत अक्टोबर ९ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल खरिदको सम्झौता गरिसकेका छन्।

ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयक (लिन्ड्से ग्राहम एक्ट) मा सेप्टेम्बर १८, २०२६ मा हस्ताक्षर गरेका थिए। त्यसअघि सेप्टेम्बर १६ मा अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रिजन्टेटिभ्स'ले यसलाई २६२-१५९ मतले पारित गरेको थियो।

कानुनमा हस्ताक्षर गरेपछि ट्रम्पले प्रतिबन्ध लगाउने विषयमा ३० दिनभित्र निर्णय लिनुपर्ने थियो। तर, ट्रम्पले समयसीमा सकिनुअघि नै प्रतिबन्ध र भन्सार महसुलमा छुट दिने निर्णय गरे।

भारतले आफ्नो कुल आवश्यकताको ८५ प्रतिशतभन्दा बढी कच्चा तेल आयात गर्दै आएको छ। अगस्ट २०२६ मा भारतको कुल कच्चा तेल आयातमा रुसको हिस्सा करिब ४५ प्रतिशत थियो।

भारतले अगस्ट महिनामा रुसबाट दैनिक औसत २०.८ लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो। यस्तो अवस्थामा रुसबाट तेल खरिद गर्दा १०० प्रतिशतसम्म भन्सार महसुल लाग्ने जोखिम भारतका लागि चिन्ताको विषय बनेको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शुक्रबार भारतले तेलको उपलब्धता र विश्वव्यापी परिस्थितिलाई ध्यानमा राखेर आफ्नो ऊर्जा आवश्यकता पूरा गर्ने निर्णय लिने बताएका थिए।

भारतले यसअघि पनि अमेरिकी अधिकारीहरूसँग यो मुद्दा उठाइसकेको छ। पश्चिम एसियामा जारी तनाव र होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवतजावतमा परेको असरका बीच रुसबाट तेलको आपूर्ति घटाइएमा विश्वबजारमा तेलको मूल्य थप बढ्न सक्ने विश्लेषण विशेषज्ञहरूको छ। त्यसैले अमेरिकाका लागि रुसमाथि थप कडा प्रतिबन्ध लगाउनु सहज निर्णय थिएन।

ट्रम्पले रुसलाई प्रतिबन्धबाट राहत दिने निर्णय अमेरिकामा तेलको मूल्य बढिरहेको समयमा लिएका हुन्। युक्रेनले रुसी तेल रिफाइनरीहरूमा गरेको आक्रमणका कारण तेलको आपूर्ति प्रभावित भएको छ, जसले विश्वबजारमा इन्धन महँगो बनाइरहेको छ। ट्रम्प अमेरिकामा पेट्रोल सस्तो बनाउन तेलको मूल्य घटाउन चाहन्छन्।

आउँदो नोभेम्बरमा अमेरिकामा मध्यवधि (मिडटर्म) निर्वाचन हुँदैछ। यस निर्वाचनमा मतदाताहरूले महँगी र पेट्रोलको मूल्यजस्ता विषयलाई मुख्य आधार बनाएर सरकारको कार्यसम्पादनको मूल्यांकन गर्नेछन्। यदि रिपब्लिकन पार्टीलाई नोक्सान पुगेमा संसद्मा उसको बहुमत समाप्त हुन सक्छ।

गत साता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौताको घोषणा गरेका थिए। जसअन्तर्गत अमेरिकाले रुसबाट डिजेल खरिद गर्नेछ। रुसी डिजेल बिक्रीमा लगाइएको प्रतिबन्धमा अप्रिल २०२७ सम्मका लागि छुट दिइएको छ।

ट्रम्पको यस निर्णयप्रति युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की असन्तुष्ट बनेका छन् भने युरोपेली अधिकारीहरूले पनि विरोध जनाएका छन्। चालू साता अमेरिकी संसद्का दुवै दलका केही सांसदहरूले ट्रम्पसँग डिजेल बिक्रीमा दिइएको छुट फिर्ता लिन माग गरेका छन्।

रुसमाथि प्रतिबन्ध लगाउने कानुनलाई रिपब्लिकन र डेमोक्रेट दुवै दलको समर्थन प्राप्त थियो। तर, कानुनलाई हालका लागि रोक्ने ट्रम्पको निर्णयको अमेरिकी सांसदहरूले आलोचना गरेका छन्। 'द न्युयोर्क टाइम्स'का अनुसार केही सांसदहरूलाई ट्रम्पले कानुन अनुसार रुसमाथि कडा कदम चाल्दैनन् भन्ने आशंका पहिले नै थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनले पूर्वी डोनबास क्षेत्रमा सञ्चालन गरेको प्रतिआक्रमणमा सफलता हासिल गरेको दाबी गरेको छ । युक्रेनी पक्षका अनुसार ‘अपरेसन भिभाल्डी’ अन्तर्गत हालैका महिनामा २७७ वर्ग किलोमिटर क्षेत्र रुसी कब्जाबाट मुक्त गरिएको छ । बिबिसिमा उल्लेख भए अनुसार यस अभियानमा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । युक्रेनी कमान्डरहरूका अनुसार प्रतिआक्रमणका क्रममा ...
: साउदी अरेबियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै एयर इन्डियाले रियाद, दम्माम र जेद्दाबाट हुने आफ्ना सबै उडानहरू अक्टोबर २०, २०२६ सम्मका लागि रद्द गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले भनेको छ, 'हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ र उडानहरू सुरक्षित रूपमा पुनः सञ्चालन गर्न निरन्तर अवस्थाको मूल्याङ्कन गरिरहेका छौँ।' एयर इन्डियाका अनुसार, उडान रद्द ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध परमाणु हतियारको प्रयोग नगर्ने स्पष्ट पारेका छन्। यसका साथै, उनले इरानी भूमिमा अमेरिकी पैदल सेना (स्थल सेना) तैनाथ गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छन्। न्यूजम्याक्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले भने, 'म परमाणु हतियारको प्रयोग गर्ने छैन। हामीलाई त्यसो गर्नु पर्ने कुनै आवश्यकता नै छैन।' अन्तर्वार्ताका क्रममा ट्रम्पले 'मदर अफ ...
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...