मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ

: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ। आइसीसी र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ (२०८३ मंसिर ३ देखि ५) सम्म सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने क्यानले जनाएको छ।

नेपालमा सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा क्यानले गरेको छ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत हुने एलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय ...
। आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो । नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए । लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । ब्राडली बारकोलाको ह्याट्रिक सहित डेब्यु गोलमा लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले हराएको छ । अन्य प्रमुख खेलमा रियल म्याड्रिडले एएस रोमामाथि ४–३ र एस्टन भिल्लाले फेनाबाचेमाथि ६–० को जित निकाल्यो । इतिहाडमा ...
: इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन्। युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन्। केनले मंगलबार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्। च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ । नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल ...