मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र
मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र

: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गर्दै वैदेशिक रोजगार विभागले उनीहरूसँग बयान लिन थालेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता अनुपमशमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी भई ठगी र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ। ‘म्याक्रो टेक प्रालि’का नाममा ‘बायोमेडिकल सर्भिस चार्ज’ भन्दै गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुलिएको र सीमित स्वास्थ्य संस्थालाई मात्र संलग्न गराई एकाधिकार कायम गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकरणमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष ४२ वर्षीय कैलाश खड्कासँगै भक्तपुरका ४० वर्षीय रवीन्द्र केसी, टोखा बस्ने ४२ वर्षीय प्रवीण तिवारी र गोकर्णेश्वर बस्ने ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका हुन्। सीआईबीले यस प्रकरणबाट पीडित भएका व्यक्तिहरूलाई प्रमाणसहित उजुरी दिनसमेत आग्रह गरेको छ।

यसैबीच, मलेसियाले आगामी नोभेम्बर ६ देखि फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ मुख्य म्यानपावर र तिनका २ सय ५० सहायक कम्पनीमार्फत मात्रै श्रमिक भर्ना गर्ने निर्णय गरेपछि विवाद बढेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हीराबहादुर डाँगीले मलेसियाले एफडब्लूसीएमएसमा आबद्ध २५ मुख्य र २ सय ५० सहायक कम्पनीबाट जाने श्रमिकको मात्रै स्वास्थ्य परीक्षण गर्न पाउने भन्दै त्यहाँका स्वास्थ्य संस्थालाई मेमो जारी गरेको बताए।

यसअघि ३६ वटा मेडिकल संस्थामार्फत श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएकामा नयाँ व्यवस्थाले एकाधिकार सिर्जना गरेको व्यवसायीहरूको भनाइ छ। सीमित व्यवसायीको सिन्डिकेट कायम गर्न कैलाश खड्काको समूह सक्रिय रहेको आरोप लागेपछि प्रधानमन्त्री कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।

२५ म्यानपावरसँग बयान
स्वास्थ्य व्यवसायी कैलाश खड्कासहित ४ पक्राउ
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले नेपालमा इजाजत प्राप्त सबै म्यानपावर कम्पनीले समान अवसर र प्रतिस्पर्धात्मक वातावरणमा काम गर्न पाउनुपर्ने बताए। वैदेशिक रोजगारीका नाममा अतिरिक्त भार थप्ने र सिन्डिकेट खडा गर्ने गतिविधि नियन्त्रण गर्न सरकारले कानुनी र प्रशासनिक दुवै माध्यमबाट अनुसन्धान गर्नुपर्ने खत्रीको भनाइ छ।

युवा तथा श्रम मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको बताइन्। नेपालको कानुनअनुसार दर्ता भएका सबै म्यानपावर समान हैसियतका भएकाले सबैले श्रमिक पठाउन पाउनुपर्ने उल्लेख गर्दै प्रवक्ता आचार्यले भनिन्, ‘सीमित व्यवसायीले मात्रै अनुमति किन पाए भन्ने विषयमा वैदेशिक रोजगार विभागले पनि अनुसन्धान गरिरहेको छ।’

म्यानपावर छनोटको विवादबारे प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी तथा दुवै देशका श्रममन्त्रीहरूबीच संवाद भए पनि तत्काल समाधान हुने संकेत भने देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...