मुख्य समाचार
विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ

: देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। मकवानपुर,ललितपुर,कञ्चनपुर,सुनसरी, उदयपुर, झापा र तनहुँबाट १४ जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्।

त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित सोही नगरपालिका–४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका–८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ तथा इटहरी–२ बरगाछीबाट २८ वर्षीय उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुई मोटरसाइकलसमेत बरामद गरेको छ।

यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने सोही नगरपालिका–३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेको छ। यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामग्रीप्रतिको निर्भरता घटाउँदै स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरिएको छ। निर्देशिकाले सडक, पुल, भवनलगायत सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको छ। अब प्राविधिक रूपमा उपयुक्त ...
: बर्दियामा साइकल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स दुर्घटना भएको छ। बाँकेको कोहलपुरबाट गेरुवातर्फ जाँदै गरेको सु.प्र.०१-००१ च ३५७७ नम्बरको एम्बुलेन्स बर्दियाको मधुवन नगरपालिका-६ स्थित हुलाकी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। विपरित दिशाबाट आउँदै गरेका साइकललाई बचाउने क्रममा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक टंकबहादुर देउवाले जानकारी ...
: सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित ‘मिडिया बिफ्रिङ’मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात ८० वटा निकायमा ४१९ नियुक्ति तथा पदपूर्ति भएको ...
: मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो। एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले ...
: नवरात्रको सातौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रिको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवती देवीले परास्त वा नष्ट गरिदिन्छिन् भन्ने धार्मिक मान्यता रहिआएको छ। कालरात्रिको वर्ण कृष्ण (कालो) ...