— नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।
संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।