। नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान पनि भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दुवै पक्षबीच दुई देशको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।