मुख्य समाचार
मन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताए
मन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताए

। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा शुक्रबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले यस्तो धारणा राखेका हुन् ।

‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने।

सञ्चारकर्मीहरूले अडियो प्रकरणमा सरकारले छानबिन नगरी किन दबाउन खोजेको भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिनेक्रममा मन्त्री तिमल्सिनाले यस्तो जवाफ दिएका हुन् । ‘

‘सरकारले कुनैपनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन सरकारले आवश्यक पर्दाखेरि अनुसन्धान गरेर यसलाई विधिगत रुपमा कसरी अगाडि बढाउनु पर्छ । तपाईले कुन प्रमाणको आधारमा कुन तथ्यको आधारमा आधारमा चाहिँ दबाउन खोजेको भन्नुभयो सरकारको त्यस्तो कुनै नियत छैन त्यस्तो हुनुहुँदैन आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ’ मन्त्री तिमल्सिनाले भने ।

सांसद सुनारले महिला हिंसा गरेको भन्ने अडियो सार्वजनिक भएको छ । उक्त अडियोमाथि रास्वापले छानबिन गरिरहेको छ । तर सरकारले भने यसमा चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे । सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा नेपालका तर्फबाट प्रस्तुत ...
। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा आयोगको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाको सिट बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको ...
। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। बाढी तथा पहिरोबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट ...
। नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. नेपाल विशेष सेवा ...