मुख्य समाचार
यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी
यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी

अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्।

सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्।

ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल रोभ

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा कडा आक्रोश पोख्दै लेखेका छन्, ‘यदि केन पाक्सटन पराजित भए भने, यो जोन कोर्नि र कार्ल रोभ जस्ता कमजोर र निष्प्रभावी राजनीतिक ढोँगीहरूका कारण हुनेछ, जसले पाक्सटनलाई जिताउन गाह्रो बनाउन सम्भव भएसम्मका सबै हथकण्डा अपनाए।’

दुई वर्षअघि मात्रै ट्रम्पले टेक्सस राज्यमा १४ प्रतिशत मतान्तरले विजय हासिल गरेका थिए । तर हालको सिनेट दौडमा पार्टीभित्रैको अन्तरकलहले रिपब्लिकनहरूको बलियो मानिएको गढमै सङ्कट पैदा गरेको छ।

एलन मस्कको करोडौँ डलर सहयोग र ५० करोड विज्ञापन खर्च

यसैबीच, संघीय निर्वाचन आयोग (एफसीए) को वित्तीय प्रतिवेदनले उद्योगपति एलन मस्कले केन पाक्सटनलाई जिताउन ठूलै आर्थिक सहयोग गरिरहेको पुष्टि गरेको छ।

सेप्टेम्बर महिनामा मस्कले सिनेट रिपब्लिकनको मुख्य सुपर पीएसीलाई दुई फरक कारोबारमार्फत १५ करोड ८० लाख डलर प्रदान गरेका छन्। मस्कले चन्दा दिएको भोलिपल्टै उक्त संस्थाले टेक्ससमा पाक्सटनको जित सुनिश्चित गर्न बनेको विशेष ‘सुपर पीएसी’ लाई ठूलो रकम ट्रान्सफर गरेको थियो।

‘एडइम्प्याक्ट’ को तथ्यांक अनुसार टेक्सस सिनेट दौडमा हालसम्म ५० करोड अमेरिकी डलरभन्दा बढी विज्ञापनमा मात्र खर्च भइसकेको छ। रिपब्लिकन नेताहरूले प्राथमिक चुनावमा जोन कोर्नि पराजित भएमा यो सिनेट सिट जोगाउन पार्टीलाई निकै महँगो पर्ने चेतावनी यसअघि नै दिएका थिए, जुन अहिले यथार्थमा परिणत भएको छ।

डेमोक्र्याट उम्मेदवार जेम्स टालारिकोको अप्रत्याशित उछाल

टेक्ससमा भर्खरै सार्वजनिक भएको एक नयाँ जनमत सर्वेक्षण अनुसार डेमोक्र्याट उम्मेदवार जेम्स टालारिको ले ५०% मतसहित केन पाक्सटन (४७%) माथि पाचौँ दिन पनि आफ्नो झिनो अग्रता कायमै राखेका छन्।

पाक्सटन र रिपब्लिकनहरू चुनावी रणनीति बनाउँदै गर्दा टालारिकोले तेस्रो त्रैमासिकमा ६ करोड ४० लाख डलर चन्दा संकलन गरेर सनसनी मच्चएका छन्। उनका ९७% दाताहरू १०० डलरभन्दा कम सहयोग गर्ने साना साना नागरिकहरू रहेका छन्।

सेन बर्नार्ड मोरेनोले आश्चर्य व्यक्त गर्दै भने, ‘मैले टालारिकोको अभियान देखेँ। एकै त्रैमासिकमा ६ करोड ४० लाख डलर कसरी उठाउन सकिन्छ, यो सोच्नै नसकिने आँकड हो ।’

तुलनात्मक रूपमा केन पाक्सटनले भने १ करोड ८० लाख डलर मात्रै उठाउन सकेका छन्।

रिपब्लिकन पार्टीभित्रको आन्तरिक विवाद, ट्रम्पको रक्षात्मक दोषारोपण र डेमोक्र्याट उम्मेदवारको बलियो आर्थिक तथा जनसम्पर्क अभियानले गर्दा टेक्ससको यो सिनेट चुनाव हाल अमेरिकी राजनीतिका लागि सबैभन्दा चासो र चिन्ताको विषय बनेको छ। – एज्नेसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...