मुख्य समाचार
आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा
आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा

। आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो ।

नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए ।

लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने गुरुङको विश्वास छ ।

ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरी ७ टोली खेल्ने निश्चित भएको छ । त्यसमा केही टोली थप गर्ने योजना आयोजकको छ ।

लिग होम एन्ड अवेका आधारमा हुनेछ । लिग करिब ४ महिला सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । ब्राडली बारकोलाको ह्याट्रिक सहित डेब्यु गोलमा लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले हराएको छ । अन्य प्रमुख खेलमा रियल म्याड्रिडले एएस रोमामाथि ४–३ र एस्टन भिल्लाले फेनाबाचेमाथि ६–० को जित निकाल्यो । इतिहाडमा ...
: इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन्। युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन्। केनले मंगलबार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्। च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ । नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल ...
। बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो । ओमानका ...
: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस ...