मुख्य समाचार
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति

। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको बताएकी छन् ।

सरकारले कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना तथा खाद्य प्रणाली रूपान्तरणको रणनीतिका योजनामार्फत सो नीति लिएको उनले बताएकी हुन् ।
मन्त्री चौधरीले ४६औँ विश्वखाद्य दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै कृषि भूमिको संरक्षण, उपलब्ध भूमिस्रोतको समुचित उपयोग गर्दै नवीन सोच, अनुसन्धान र प्रविधिको विकास र विस्तारमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरणको माध्यमबाट कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउन र भावी पुस्ताका लागि पर्याप्त र पोषणयुक्त भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।



विश्वव्यापी रूपमा हरेक वर्ष अक्टोबर १६ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल १४ दशमलव आठ अङ्कसहित मध्यमस्थिति (७२औँ स्थान) मा रहे पनि पाँच वर्षमुनिका करिब २६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको तथ्याङ्कले पोषण प्रवर्द्धनका सन्दर्भमा हाम्रा नीति तथा कार्यक्रमगत प्रयासहरूलाई थप परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

मन्त्री चौधरीले भनिन्, “जलवायु परिवर्तनले निम्त्याउने सङ्कट, भोटेकोसी बाढीजस्ता अकल्पनीय प्राकृतिक विपद्, कृषिभूमिको क्षयीकरण र आयातमा देखिएको परिवर्तित प्रवृत्तिले हाम्रो खाद्यसुरक्षा र खाद्य सम्प्रभूतामा चुनौती सिर्जना गरेका छन् ।”

खाद्य सुरक्षाको विषय राष्ट्रिय सुरक्षाको महत्वपूर्ण विषय भएको हुँदा विद्यमान चुनौतीको सामना गर्न सरकारले जलवायु–अनुकूलन प्रविधि, स्थानीय तथा रैथाने बालीको संरक्षण, डिजिटल कृषि र आधुनिक नवप्रवर्तनलाई नीतिगत प्राथमिकतामा राखेको उनको भनाइ छ ।

दिगो खाद्य प्रणालीको सुनिश्चितता र खाद्य सुरक्षाको प्रत्याभूतिका लागि सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी, विकास साझेदार एवं कृषकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सम्बद्ध सबैमा साझा ऐक्यबद्धतासहित यस दिवसलाई भव्यतापूर्वक मनाउन र दिगो खाद्य तथा पोषण सुरक्षामा सबैको महत्वपूर्ण योगदानको अपेक्षा गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी ...
। सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी नयाँ प्रहरी विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई व्यावसायिक र आधुनिक बनाउन कानुनी तथा संरचनागत सुधार अघि बढाइएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले प्रहरीको सरुवा–बढुवालाई प्रणालीगत बनाउने, सेवा अवधिसम्बन्धी व्यवस्थामा समयानुकूल परिमार्जन गर्ने र हाकिमलाई ...
। सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।
। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन् । उनको सन्देश प्रहरी महानिरीक्षक कार्कीले कार्यक्रममा वाचन गरेका थिए । ‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन् । पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि ७५ टेस्ट, ...