मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्

। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।

उनका अनुसार, संघीय संसद्बाट पारित भएर आएको यो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य शृङ्खलामा आधारित बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले व्यापार र लगानीको विद्यमान सम्बन्धलाई थप उत्पादनमूलक बनाउनुपर्ने बताए । नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ र निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा ...
। सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन, भन्सार प्रक्रिया सरल बनाउन र सीमावर्ती पूर्वाधार सुधार ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । कम्पनीले २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ । कम्पनीका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना अघि सारेका छन् । पार्टीका दैनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले हेर्ने गरी आफू समसामयिक मुद्दा र नागरिकका समस्या बुझ्न देशभर घुम्ने उनले बताएका हुन् । शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै ...