मुख्य समाचार
खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता
खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता

। महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ।

सम्झौताअनुसार क्षति भएका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार र संरक्षण गरिनेछ ।

उक्त कार्यका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि डेढ महिना तोकिएको छ।

सम्झौतापत्रमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा कांग्रेसका नेता विश्वप्रकाश शर्मा, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्झौतामार्फत खुलामञ्चमा क्षति पुगेका दुबोको पुनःरोपण, स्याहार र संरक्षण गर्ने कार्य अघि बढाइनेछ।

कांग्रेसको १५औं महाधिवेशन १८-२३ असोजसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य शृङ्खलामा आधारित बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले व्यापार र लगानीको विद्यमान सम्बन्धलाई थप उत्पादनमूलक बनाउनुपर्ने बताए । नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ र निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा ...
। सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन, भन्सार प्रक्रिया सरल बनाउन र सीमावर्ती पूर्वाधार सुधार ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । कम्पनीले २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ । कम्पनीका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना अघि सारेका छन् । पार्टीका दैनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले हेर्ने गरी आफू समसामयिक मुद्दा र नागरिकका समस्या बुझ्न देशभर घुम्ने उनले बताएका हुन् । शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै ...