मुख्य समाचार
जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको गलत अलर्ट, आठ मिनेटमै फिर्ता
जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको गलत अलर्ट, आठ मिनेटमै फिर्ता

। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड मापन गरेको थियो । एजेन्सीका अनुसार भूकम्प जमिनको सतहबाट करिब १६० किलोमिटर गहिराइमा गएको थियो ।




भूकम्पपछि शुक्रबार दिउँसो १२:४० बजे जापानको मौसम विज्ञान एजेन्सीले होक्काइडोदेखि मध्य जापानको तोकाई क्षेत्रसम्म शक्तिशाली कम्पन आउन सक्ने चेतावनी जारी गरेको थियो । त्यसपछि सार्वजनिक सूचना प्रणाली र मोबाइल फोनमा अलार्म बजेको थियो । आठ मिनेटपछि, दिउँसो १२:४८ बजे एजेन्सीले चेतावनी रद्द गर्‍यो ।

एजेन्सीका प्रवक्ताका अनुसार प्रणालीले भूकम्पको केन्द्रविन्दु कुरिल टापु आसपास रहेको गलत अनुमान गर्नुका साथै त्यसको म्याग्निच्युड पनि वास्तविकभन्दा धेरै आकलन गरेको थियो ।



यसैका आधारमा ठूलो भूकम्पको पूर्वचेतावनी जारी भएको उनले बताएका छन् । एजेन्सीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

जापानमा वास्तविक रूपमा शक्तिशाली कम्पन महसुस भएन । जापानको भूकम्पीय तीव्रता मापन प्रणालीअनुसार होक्काइडोको हाकोदातेमा पहिलो तहको कम्पन मात्रै अभिलेख भएको थियो । घटनापछि सुनामीसम्बन्धी चेतावनी वा सूचना जारी गरिएको थिएन ।

गत वर्ष कामचट्कामा ८.८ म्याग्निच्युडको भूकम्प

कामचट्का प्रायद्वीप भूकम्पीय गतिविधिका हिसाबले सक्रिय क्षेत्रमा पर्छ । सन् २०२५ जुलाई २९ मा यस क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार उक्त भूकम्प आधुनिक उपकरणबाट अभिलेख गरिएका विश्वका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये छैटौँ थियो । त्यसपछि प्रशान्त महासागर आसपासका विभिन्न क्षेत्रमा सुनामीसम्बन्धी चेतावनी जारी गरिएको थियो ।

कामचट्का प्रशान्त महासागरको रिङ अफ फायर भनिने भूकम्प र ज्वालामुखी सक्रिय क्षेत्रको हिस्सा हो । यहाँ प्रशान्त प्लेट अर्को भूगर्भीय प्लेटमुनि धसिने प्रक्रियाका कारण बारम्बार भूकम्प जाने गर्छ । यस क्षेत्रमा समुद्रमुनि शक्तिशाली भूकम्प जाँदा सुनामीको जोखिमसमेत रहन्छ ।

– जापानटाइम्सको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् । अराघचीले एक्समा लेख्दै गाजाको भयावह अवस्था अब पश्चिमा सञ्चारमाध्यमका प्रमुख समाचार बन्न छाडेको बताएका छन् । उनले यस्तो अवस्था लज्जास्पद भएको टिप्पणी गरेका छन् । समाचारमा ...
: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहटमा अवैध सुन खानीविरुद्धको अभियानबाट फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा कम्तिमा १० सुरक्षाकर्मी र १८ आतङ्ककारी मारिएका छन्। कोहट प्रहरी प्रवक्ता नोमान जेबले बीबीसी उर्दूलाई बताएअनुसार मृत्यु हुनेमा डीएसपी दर्जाका अधिकारी हैदर जमान पनि छन्। खैबर पख्तुनख्वा प्रहरीका अनुसार कोहट शहर नजिकैको दाराबुकाच क्षेत्रमा प्रहरीले स्थानीय प्रशासनसँग संयुक्त ...
। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन्। अल जजिरासँगको अन्तर्वार्तामा उहाँले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए। प्रस्तावमा अमेरिकी ...
। इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका नेता वा सांसद प्रधानमन्त्री बन्न पाउने छैनन्। नेतान्याहुमाथि भ्रष्टाचारका ३ वटा मुद्दा चलिरहेका छन्। यदि यो विधेयक पास भयो भने उनी पुनः प्रधानमन्त्री ...
। यमनमा अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको छ । साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् । सुरक्षा स्रोतका अनुसार आक्रमणमा सरकारसम्बद्ध सुरक्षा बलका सैन्य शिविरहरूलाई निशाना बनाइएको थियो । अदन सहरबाटै साउदी समर्थित सरकार सञ्चालन हुँदै आएको छ । यसअघि हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा गत ...