मुख्य समाचार
मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ ।

मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको हो ।

मन्त्रालयले आवश्यकताअनुसार भविष्यमा प्लान्टको उत्पादन क्षमता थप विस्तार गर्न सकिने बताएको छ । प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट हरित युरिया उत्पादनका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने मन्त्रालयको अपेक्षा छ ।

इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यान्वयनको ढाँचा (कन्सेप्ट डिजाइन एन्ड मोडालिटिज) सम्बन्धी फाराम डाउनलोड गर्न सक्ने छन् ।



आवेदकले आफ्नो प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा इमेल greenurea@moae.gov.np मार्फत पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गत असोज ३ गते बेलुका देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीको लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। घटनामा स्थानीय पल्टन भन्ने रामदेव यादवका २४ वर्षीय छोरा निरजकुमार यादव घाइते भएका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले ...
:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुकहरूका लागि 'नगरपालिका क्यान्डिडेट क्लब'को आवेदन खुला गरेको छ। आउँदो स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपबाट आवेदन दिन सकिने रास्वपाले जनाएको छ। रास्वपाले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ अनुसार क्यान्डिडेट क्लबमा सहभागी हुन ...
: शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ। दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ...
: मोरङको रतुवामाई नगरपालिकामा प्रहरीले गोली प्रहार गरी ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते दिउँसो करिब १:३० बजे रतुवामाई नगरपालिका वडा नं. ५ गोबिन्दपुरस्थित बक्रा खोलाको बगरमा लुकाइछिपाइ राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.५९ किलोग्राम गाँजा बेवारिसे अवस्थामा ...