मुख्य समाचार
प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ्यो
प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ्यो

। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो ।

पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मोड्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताएका छन् ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। यसबाट प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध, डाइभर्सन तथा रद्द हुने उडान घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार यो पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम हो ।

प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा हाल भीओआर/डीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ । विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाडी भूभाग तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ ।

यही समस्या सम्बोधन गर्न प्राधिकरणले भूउपग्रहमा आधारित नेभिगेसन प्रणाली कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ । पोखरा विमानस्थलमा आरएनपी–एआर प्रक्रियासम्बन्धी प्रारम्भिक अध्ययन पूरा भइसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तर, उक्त प्रक्रिया सञ्चालनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति लिनुपर्नेछ । यी प्रक्रिया पूरा भएपछि कम भिजिबिलिटीमा उडान सञ्चालन गर्न आवश्यक न्यूनतम भिजिबिलिटी सीमा घटाउन सकिने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अन्यत्र मोड्नुपर्ने, अवतरण प्रयास सफल नहुने र उडान रद्द गर्नुपर्ने अवस्था घट्ने अपेक्षा गरिएको छ । साथै यात्रुलाई थप भरपर्दो हवाई सेवा उपलब्ध गराउन सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई नेभिगेसन प्रणालीको विकास र कार्यान्वयनमार्फत पोखरा विमानस्थलको उडान सेवालाई सुरक्षित, नियमित र प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताए । तर, यसलाई असफलता वा ...
। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो । सम्झौताअनुसार घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा ...
। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो मुख्य उद्देश्य जनताको ...
: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना ...
: विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ। संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ। समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने ...