मुख्य समाचार
सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्
सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्

। रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए ।

सुनारले आयोगलाई दिएको प्रतिक्रियामा उल्लेखित विषयहरूबारे भट्टराई बोल्न चाहेनन् । सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको आयोगले जनाएको छ ।

रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।

समितिको कार्यावधि भने तोकिएको छैन । आयोगका उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

‘अनुसन्धानको पहिलो चरण प्रतिक्रिया लिने हो । त्यसबाट आयोग सन्तुष्ट हुनसकिएन भने र अरु थप प्रमाण महशुस गर्‍यो भने अर्को चरणको अनुसन्धान सुरु हुन्छ,’ भट्टराईले अनलाइनखबरसँग भने ।

आज बसेको छानबिन समितिको पहिलो बैठकले सुनारको संवाद भनि आएका अडियोहरू संकलन गरिसकेको उनले बताए ।

‘अडियो भिडियोहरू हामीले संकलन गर्‍यौं । अडियो प्रकाशित गर्नेहरूसँग यो विषयसँग जोडिएका कुराहरू पठाएर अनुसन्धानमा सहयोग गर्न लेखी पठाउने निर्णय गरेका छौं,’ भट्टराईले भने ।

उक्त अडियो सबैभन्दा पहिले जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा प्रकाशित भएको थियो । पीडित भनिएकी महिलाको भनी न्युज २४ टीभीमा प्रसारित सामग्रीसहित थप विषयहरू भए उपलब्ध गराउन आग्रह गरिने समितिले जनाएको छ ।

सम्पादन हुनुअघिको अडियो उपलब्ध गराउनका लागि छानबिन समितिले सम्बन्धित सञ्चार माध्यमलाई पत्राचार गर्ने भएको हो ।

प्राविधिक विषयहरूमा छानबिन समितिले विशेषज्ञको राय लिने भएको छ । कानुनको अधिनमा रहेर विशेषज्ञको राय लिने भट्टराईले जानकारी गराए ।

सुनारमाथि लागेको आरोपमा छिटो, छरितो, यथार्थपरक र विश्वसनीय छानबिन गर्ने समितिले दाबी गरेको छ ।

‘अनुसन्धान निकै गहिरोसँग हुँदैछ । विश्वासनीयता कायम गर्ने गरी हामीले काम गरिरहेका छौं,’ उपप्रमुख भट्टराई भन्छन् ।

राज्यको अनुसन्धानलाई व्यवधान नगर्नेगरी समितिले आफ्नो कार्य गरिरहेको उनले बताए । छानबिनको रिपोर्ट दशैंअघि आउन भने मुस्किल रहेको समितिले जनाएको छ ।

‘अनुसन्धानको क्रममा प्रमाणहरु कसरी अगाडि बढ्छन् ? अनुसन्धानले के माग गर्दछ अहिले भन्न सक्दँैनौ,’ भट्टराईले भने, ‘ओरिजनल अडियो पठाउन पत्राचार गरेका छौं । छिट्टै प्राप्त भयो भने हामी बैठक बसिहाल्छौं । दशैंको समय पनि छ । सांस्कृतिक चाँडहरू मान्न पाउँदैनौं भनेर छानबिन समितिका साथीहरुलाई भन्न सकिने कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताए । तर, यसलाई असफलता वा ...
। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो । सम्झौताअनुसार घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा ...
। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो मुख्य उद्देश्य जनताको ...
: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना ...
: विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ। संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ। समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने ...