मुख्य समाचार
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको आधिकारिक सूचीकरण गर्ने निर्णय
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको आधिकारिक सूचीकरण गर्ने निर्णय

: सिन्धुपाल्चोकको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको आधिकारिक सूचीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले विपद्बाट प्रत्यक्ष प्रभावित भएका परिवारहरू पहिचान गरी उनीहरूलाई तत्काल राहत तथा पुनर्स्थापनाका कार्यक्रमहरूमा समावेश गर्न लाभग्राही सूचीकरण गर्ने निर्णय गरेको हो। जिल्लालाई विपद् सुरक्षित बनाउने र भर्खरैका प्राकृतिक विपत्तिबाट सिर्जित समस्याहरू समाधान गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए।

बैठकमा विज्ञहरूको विशेष प्रस्तुतिसहित जिल्लाको समग्र जोखिम विश्लेषण, जोखिम न्यूनीकरणका उपायहरू र सम्भावित क्षति कम गर्न पूर्वसूचना प्रणाली स्थापना गर्नेबारे गहन छलफल भई निर्णय गरिएको उनले बताए । जिल्लाको विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजित उक्त बैठकमा विभिन्न क्षेत्रका प्रमुख जनप्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुली, क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र जिल्ला प्रहरी प्रमुख काजीकुमार आचार्यलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरूले सिन्धुपाल्चोक भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेको चर्चा गर्दै स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीचको समन्वयमा पूर्वतयारी तथा पुनर्निर्माणका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो। रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना ...
: विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ। संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ। समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो । पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को बर्खे अधिवेशन कानुन निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौंमा आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा संसद् केन्द्रित हुँदा जनसरोकारका विषय र कानूनी बहस कमजोर बनेको बताइन् । अधिवेशनभर सरकारले संसद्सँग आवश्यक समन्वय नगरेको आरोपसमेत ...
:भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासीबाट करिब १५ लाख बराबरको मदिरा बरामद भएको छ । सीमावर्ती नाका सुस्ता गाउँपालिका-५ स्थित महलबारीबाट ओेल्ड मङ्क नाम गरेका ७४२ बोत्तल रम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । ७५० एमएलका उक्त रमको प्रति बोत्तल २ हजारका दरले कूल १४ लाख ८४ ...