। दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढे हो छ ।
बालबालिका र झिटिगुन्टासहित घर फर्किनेहरूमा दशैंको उल्लास देखिए पनि लामो र सकसपूर्ण यात्राको चिन्ता पनि उत्तिकै छ ।
कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा निस्किएका छन् । केही यात्रु भने गन्तव्यसम्म पुग्ने सवारीसाधनको खोजीमै छन् । बसपार्कमा टिकट काट्ने, गाडी चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड देखिन्छ ।
दशैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका चोक पार गर्दै उपत्यका बाहिरिइरहेका छन् ।
दशैं मनाउन घर फर्किनेहरूको बढ्दो चापले काठमाडौंका सडक, चोक र बसपार्कमा चाडपर्वको रौनकसँगै यात्राको व्यस्तता पनि बढाएको छ ।
यसपट दशैं कात्तिक ४ गते छ । फूलपाती असोज ३१ गते छ । फूलपाती भेटाउने गरी नागरिकहरु घर फिर्तीको तयारीमा छन् ।