मुख्य समाचार
सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेको स्वीकार्दै त्यसको निर्मम छानबिन गर्न आग्रह
सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेको स्वीकार्दै त्यसको निर्मम छानबिन गर्न आग्रह

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेको स्वीकार्दै त्यसको निर्मम छानबिन गर्न आग्रह गरेका छन् । बुधबार साँझ फेसबुकमार्फत सांसद चन्दे आफूमाथि उठेका प्रश्नप्रति पार्टी र पार्टी सदस्यले शिर झुकाउनु नपर्ने भन्दै यस्तो बताएका हुन् ।

‘प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस्,’ सांसद सुनारले लेखेका छन्, ‘आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् ।’

उनले आफूले गरेका कुकर्मको सती पार्टीले जान नपर्ने पनि टिप्पणी गरेका छन् । ‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन । म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु,’ उनले लेखेका छन् ।

उनले आफूले ‘गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार’ रहेको बताएका छन् ।

यस्तो छ खगेन्द्र सुनारको पूरा प्रतिक्रिया (जस्ताको तस्तै) :

प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् । म र मैले गरेको कुनै पनि कु–कर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । मैले गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु । तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्राईल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दु:ख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दु:ख दिएको थियो रे भन्ने काल्पनिक बुझाईमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? म बाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी म माथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ? प्रहरीको हेडक्वाटर, ऋक्ष्द्य ले बार–बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफै मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो । खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा म माथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्न: उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य–तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्ति जनक छ । जे कारबाही हो म माथि होस् – मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढे हो छ । बालबालिका र झिटिगुन्टासहित घर फर्किनेहरूमा दशैंको उल्लास देखिए पनि लामो र सकसपूर्ण यात्राको चिन्ता पनि उत्तिकै छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा निस्किएका छन् ...
। गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१/४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका ...
। सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ । उनीमाथि थप अनुसन्धान ...
। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए । यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत ...
। सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित चार हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका ...