मुख्य समाचार
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी

यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ ।

डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर छ । त्यहाँ जारी युद्ध र सडकहरू बन्द हुने जोखिमका कारण हजारौँ विस्थापित परिवार बसोबास गर्ने क्षेत्रहरूमा राहतकर्मीको पहुँच पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ताइजमा मात्रै ६ लाखभन्दा बढी मानिस खाद्य सहायताबाट वञ्चित भएका छन् । उनीहरूमध्ये करिब २ लाख महिला तथा बालबालिका रहेको डब्लूएफपीले जनाएको छ । यमनको पश्चिमी तटीय क्षेत्रमा पनि पछिल्लो समय राहत पहुँच अवरुद्ध भएको छ ।

खाद्य संकट गहिरिँदै गएका क्षेत्रमा पिठोको मौज्दात सकिन थालेको छ भने स्थानीय बजारमा खाद्यान्नको उपलब्धता घट्दै गएको छ । यसले मानवीय संकट भयावह अवस्थामा पुग्ने जोखिम बढाएको छ ।



डब्लूएफपीका अनुसार यमनभर १ करोड ८० लाखभन्दा बढी मानिससँग पर्याप्त खाना छैन । पछिल्लो अनुगमनले राहतकर्मीको पहुँच भएका क्षेत्रका ७४ प्रतिशत परिवारले समेत दैनिक खाद्य आवश्यकता पूरा गर्न नसकेको देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्। बुधबार इजरायली आर्मी रेडियोसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले चुनावअघि इरानमाथि हमला गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। यद्यपि, उनले चेतावनी दिँदै भने, 'यदि इरानले इजरायलमाथि आक्रमण गर्‍यो भने त्यसको कडा र निर्णायक जवाफ दिइनेछ।' प्रधानमन्त्री नेतान्याहुका अनुसार इरानले ...
: ग्रिनल्याण्ड सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आर्कटिक क्षेत्रमा 'ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको' भनी गरेको दाबीको स्पष्ट खण्डन गरेको छ। ग्रिनल्याण्डका उप-खानी मन्त्री जोर्गेन ह्यामेकेन-होल्मले अमेरिकी कम्पनीहरूबाट केही साना-तिना गतिविधिहरू भइरहेको स्वीकार गरे तापनि ठूलो मात्रामा हुने उत्खननभन्दा अझै धेरै टाढा रहेकाे जानकारी गराएका छन् । उनका अनुसार अहिले सीमित मात्रामा ...