। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ ।
स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए ।
यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत भएको थियो ।
१३ जना राजदूत सिफारिस भएकोमा १० जनाको नाम भने सर्वसम्मतबाट अनुमोदन भएको छ ।
बाँकी एक जनाको निर्णय लिन बाँकी छ ।