मुख्य समाचार
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा समावेशिताको नयाँ र कडा मापदण्ड लागू गर्ने
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा समावेशिताको नयाँ र कडा मापदण्ड लागू गर्ने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा समावेशिताको नयाँ र कडा मापदण्ड लागू गर्ने भएको छ।

पार्टीले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार समावेशिताको नाममा बारम्बार एउटै वर्ग वा परिवारले लाभ लिने प्रवृत्तिलाई रोक्न यस्तो व्यवस्था गरिएको हो।

रूपरेखामा उम्मेदवारको कुल मूल्याङ्कनमा समावेशितालाई १० प्रतिशत भाराङ्क दिइएको छ। तर, विगतमा राज्यबाट लाभको पद (सांसद, मन्त्री, राजदूत) पाइसकेका वा आरक्षणको सुविधा उपभोग गरिसकेका व्यक्ति र तिनका एकाघरका परिवारका सदस्यहरूलाई उम्मेदवार छनोट प्रक्रियामा समावेशिता खण्डअन्तर्गतको थप अंक प्रदान गरिने छैन।

वास्तविक विपन्न र अवसरबाट वञ्चित वर्गलाई मात्र समावेशिताको लाभ दिलाउन यो नीति ल्याइएको पार्टीको भनाइ छ।

यसको सट्टा, पार्टीले बहुआयामिक समावेशिताको अवधारणाअन्तर्गत खुला सिटमा प्रतिस्पर्धा गर्न चाहने महिला, ४० वर्षमुनिका युवा, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका व्यक्ति, अपाङ्गता भएका नागरिक र अति दुर्गम बस्तीका आकांक्षीहरूलाई विशेष प्राथमिकता र थप अंक दिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१/४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेको स्वीकार्दै त्यसको निर्मम छानबिन गर्न आग्रह गरेका छन् । बुधबार साँझ फेसबुकमार्फत सांसद चन्दे आफूमाथि उठेका प्रश्नप्रति पार्टी र पार्टी सदस्यले शिर झुकाउनु नपर्ने भन्दै यस्तो बताएका हुन् । ‘प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि ...
। सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ । उनीमाथि थप अनुसन्धान ...
। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए । यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत ...
। सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित चार हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका ...