मुख्य समाचार
ट्रम्पले यस आर्कटिक क्षेत्रमा 'ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको' भनी गरेको दाबीको स्पष्ट खण्डन गरे
ट्रम्पले यस आर्कटिक क्षेत्रमा 'ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको' भनी गरेको दाबीको स्पष्ट खण्डन गरे

: ग्रिनल्याण्ड सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आर्कटिक क्षेत्रमा 'ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको' भनी गरेको दाबीको स्पष्ट खण्डन गरेको छ।

ग्रिनल्याण्डका उप-खानी मन्त्री जोर्गेन ह्यामेकेन-होल्मले अमेरिकी कम्पनीहरूबाट केही साना-तिना गतिविधिहरू भइरहेको स्वीकार गरे तापनि ठूलो मात्रामा हुने उत्खननभन्दा अझै धेरै टाढा रहेकाे जानकारी गराएका छन् ।

उनका अनुसार अहिले सीमित मात्रामा मात्र प्राविधिक तथा अध्ययन स्तरका कामहरू भइरहेका छन् र तिनलाई पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउन वर्षौँ लाग्न सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार पनि ग्रिनल्याण्डको कठोर भौगोलिक अवस्थाका कारण प्राकृतिक स्रोतहरू निकाल्न निकै कठिन र अत्यधिक खर्चिलो रहेकाे छ।


डेनमार्कको परराष्ट्र मन्त्रालय (जसको ग्रिनल्याण्ड एक स्वायत्त क्षेत्र हो) ले यदि अमेरिकाले ग्रिनल्याण्डका स्रोतहरू उत्खनन गर्न चाहन्छ भने, उसले यस टापुको स्थानीय कानुनभित्रै रहेर काम गर्नुपर्ने स्पष्ट पारेको छ। हालै भएको अमेरिका-डेनमार्क-ग्रिनल्याण्ड सम्झौताले यो नियम नबदलेको मन्त्रालयले जनाएको छ।

'यस सम्झौताले ग्रिनल्याण्डका प्राकृतिक स्रोतहरूमा पहुँचको कुरा गर्दा अमेरिकी लगानीकर्ताहरूलाई अन्य नेटो देशहरू, युरोपेली संघ वा साझेदार राष्ट्रका लगानीकर्ताहरूको तुलनामा कुनै विशेष प्राथमिकता वा सुविधा दिँदैन,' डेनमार्कको परराष्ट्र मन्त्रालयले भन्याे।

भौगोलिक रूपमा ग्रिनल्याण्डका धेरैजसो खनिज भण्डारहरू आर्कटिक वृत्तभन्दा माथिका दुर्गम क्षेत्रहरूमा अवस्थित छन्। यस टापुको लगभग ८० प्रतिशत भाग एक माइलसम्म बाक्लो बरफको तहले ढाकिएको छ भने पूर्वाधारको उपस्थिति नगण्य छ।

ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्पले ग्रिनल्याण्ड र यसका प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण लिने संकेत दिँदै आएका छन्, जसले युरोपेली र नेटो साझेदारहरूलाई रुष्ट बनाएको छ। बुधबार बिहानै ट्रुथमा लेख्दै ट्रम्पले भनेका थिए, 'विशेषज्ञहरू भनिरहेका छन् कि यहाँ सजिलै उपलब्ध हुने तेलको मात्रा संसारको जुनसुकै ठाउँको जमिनको तुलनामा धेरै बढी छ।'

तर सोही दिन पछि, एरिजोनाको एउटा र्‍यालीमा बोल्दै उनले आफ्नो भनाइलाई मिडियाले बढाएर प्रस्तुत गरेको र आफूले ग्रिनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्नेबारे कहिल्यै नसोचेको दाबी गरे। 'उनीहरूले भने कि मैले ग्रिनल्याण्डमा आक्रमण गर्न सेना पठाउन लागेको थिएँ। म त्यसो गर्नेवाला थिइनँ, तर मैले यसबारे नेटोसँग धेरै कडा रूपमा कुरा उठाएको हो,' उनले स्पष्ट पारे।

बुधबार साँझ ह्वाइट हाउसका एक अधिकारीले भने, 'राष्ट्रपतिले भनेझैँ ऊर्जा सुरक्षा नै राष्ट्रिय सुरक्षा हो। ग्रिनल्याण्डको रणनीतिक महत्वलाई अमेरिकाको हितमा उपयोग गरिनेछ।'

सन् २०२५ मा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नुअघि ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी सुरक्षाका लागि अत्यावश्यक मान्दै नियन्त्रणमा लिने सम्भावना औँल्याएका थिए। तर पछि स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा बोल्दै उनले सैन्य कारबाहीको सम्भावनालाई सारेका थिए।

तनाव कम गर्न अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच भएको सम्झौताको सुरुवात डेनमार्कको सार्वभौमसत्ता र ग्रिनल्याण्डवासीहरूको आत्मनिर्णयको अधिकारको स्वीकारोक्तिबाट हुन्छ।

यस सम्झौताले सन् १९५१ को नेटो रक्षा सन्धिलाई परिमार्जन गर्दै थप अमेरिकी सैन्य आधार शिविर निर्माण गर्ने र ग्रिनल्याण्ड डेनमार्कबाट स्वतन्त्र भए तापनि अमेरिकी सैन्य पहुँच कायम रहने ग्यारेन्टी गर्दछ। ह्वाइट हाउसको वेबसाइट अनुसार सम्झौतामा तेल वा ग्यासको स्पष्ट उल्लेख नभए पनि 'खनिज सहकार्य'र 'आर्थिक विकास' को कुरा समेटिएको छ।

ट्रम्पले आफ्नो पोस्टमा थपेका छन्, 'संयुक्त राज्य अमेरिकामाथि हुने जुनसुकै भावी आक्रमण ग्रिनल्याण्ड भएर नै आउनुपर्नेछ, जहाँ हाम्रो रक्षा प्रणालीले ड्रोन, मिसाइल वा अन्य हतियारहरूलाई रोक्नेछ।' यस विषयमा ह्वाइट हाउस, डेनमार्कको प्रधानमन्त्री कार्यालय र ग्रिनल्याण्डको खनिज स्रोत प्राधिकारणसँग थप प्रतिक्रिया मागिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्। बुधबार इजरायली आर्मी रेडियोसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले चुनावअघि इरानमाथि हमला गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। यद्यपि, उनले चेतावनी दिँदै भने, 'यदि इरानले इजरायलमाथि आक्रमण गर्‍यो भने त्यसको कडा र निर्णायक जवाफ दिइनेछ।' प्रधानमन्त्री नेतान्याहुका अनुसार इरानले ...
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...