मुख्य समाचार
रास्वपाले आगामी स्थानीय तहको उम्मेदवार छनोटमा पार्टी नेतृत्वका लागि १५ प्रतिशत विशेषाधिकार
रास्वपाले आगामी स्थानीय तहको उम्मेदवार छनोटमा पार्टी नेतृत्वका लागि १५ प्रतिशत विशेषाधिकार

। विधि, पद्धति र प्रारम्भिक निर्वाचनलाई प्राथमिकता दिएको दाबी गर्ने रास्वपाले आगामी स्थानीय तहको उम्मेदवार छनोटमा पार्टी नेतृत्वका लागि १५ प्रतिशत विशेषाधिकारको कानुनी बाटो खुला राखेको छ।

पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ को परिच्छेद-९ अन्तर्गत राखिएको विशेष व्यवस्थाले यस्तो प्रावधान गरेको हो।

रूपरेखामा जुनसुकै कुरा लेखिएको वा व्यवस्था भएको भए तापनि पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी उम्मेदवार छनोटमा माथिल्लो सीमा १५ प्रतिशत नबढ्ने गरी विशेषाधिकार प्रयोग गर्न सक्नेछ।

यो विशेषाधिकार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्य गरी सबै पदहरूमा प्रयोग गर्न मिल्ने गरी तय गरिएको छ।



स्थानीय तहका निर्वाचनमा विशेष परिस्थिति सिर्जना भएमा वा लोकप्रिय तथा प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाउनुपरेमा केन्द्रीय नेतृत्वले यो अधिकार प्रयोग गर्न सक्ने गरी व्यवस्था गरिएको बुझिएको छ।

यद्यपि, ८५ प्रतिशत उम्मेदवार भने तोकिएको वैज्ञानिक विधि, लिडरसिप एकेडेमी र प्रारम्भिक निर्वाचनमार्फत नै छानिने पार्टीको भनाइ छ।

विधिको पूर्ण पालना गराउने दाबी गरिए पनि १५ प्रतिशत विशेषाधिकारको यो प्रावधानले अन्तिम समयमा शीर्ष नेताहरूको तजबिज चल्न सक्ने भन्दै पार्टीभित्र र बाहिर यसलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ । उनीमाथि थप अनुसन्धान ...
। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए । यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत ...
। सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित चार हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका ...
। डोल्पामा अवैध जडीबुटीसहित एक जनालाई पक्राउ परेका छन् । काइके गाउँपालिका–१ लैनीको जङ्गलमा अवैध रूपमा जडीबुटी सङ्कलन गरी लुकाएर राखेको विशेष सूचनाका आधारमा प्रहरीले १ हजार २२५ किलो जटामसीसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काइके–१ खानीका २४ वर्षीय अर्जुन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरी टोलीले ४९ बोरामा राखिएको ...
: जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहानै एक बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आज बिहान करिब २ बजेतिर जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परी ...